दुई वर्षमा चौथो निर्वाचन गर्दै इजरायल | Khabarhub Khabarhub

दुई वर्षमा चौथो निर्वाचन गर्दै इजरायल


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम(एएफपी)- इजरायलमा दुई वर्षभित्रमा यही मार्च २३ मा चौथो पटक निर्वाचन हुने भएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोभिड–१९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन् ।

गत वर्ष भएको निर्वाचनमा नत नेतन्याहुको दक्षिणपन्थी समूहलाई न सैनिक भूमिकाबाट इजरायली राजनीतिमा आएका केन्द्रवादी बेन्नी गान्जलाई बहुमत मिलेको थियो । फलस्वरूप यहाँ गान्जको सहयोगमा नेतन्याहुको नेतृत्वमा सरकार बनेको थियो ।

बाध्यतावस गठन भएको नेतन्याहुको नेतृत्वलाई सरकार गठन भएकै महिनादेखि गान्जले अविश्वास प्रकट गर्न थालेपछि इजरायली राजनीतिले विश्वभर चर्चा पाएको थियो ।

गठबन्धनको केही महिनामै सरकारले नयाँ निर्वाचन गरी ताजा जनादेश लिने प्रयासहरू थालेको थियो ।

कोभिड–१९ खोपलाई अहिलेसम्म ४० प्रतिशतभन्दा बढी नागरिकलाई दिन सफल इजरायलली प्रधानमन्त्री नेतन्याहुले कोभिड–१९ विरूद्धको अभियानलाई सफल पार्नु आफ्नो नेतृत्वको सरकारको प्रमुख सफलताका रूपमा उल्लेख गरेका छन् ।

एकहत्तर बर्षीय नेतन्याहुले इजरायलमा सबैभन्दा लामो समयसम्म सरकारको नेतृत्व गर्ने इतिहास कायम गरिसकेका छन् ।

यसैगरी, नेतन्याहुका प्रमुख प्रतिद्वन्द्वी गान्जले नेतन्याहुमाथि लगाइएका भ्रष्टाचार मुद्दालाई नै आफ्नो निर्वाचनको प्रमुख विषय बनाउने देखिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ५२ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग