सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली नेपाल प्रस्थान | Khabarhub Khabarhub

सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली नेपाल प्रस्थान


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली सोमबार नेपाल प्रस्थान गरेको छ ।

आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । आरोही टोलीलाई विशेष विमानबाट नेपाल प्रस्थान गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए ।

आरोहणका लागि आवश्यक बन्दोबस्ती नेपालमा रहेको सेभेन समिट ट्रेक्सले मिलाएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त टोली ८० दिनसम्म नेपालमा बस्ने दूतावासले जनाएको छ ।

टोलीले गोरखाको चुमनुब्बी गाउँपालिका एकस्थित समागाउँका बासिन्दाहरुलाई दुई हजार डोज कोरोना बिरुद्धको खोप पनि उपलब्ध गराउने दूतावासले जनाएको छ । टोलीलाई राजदूत सुन्दासलगायत दूतावास परिवारले विमानस्थलमै पुगेर सफल यात्राको शुभकामना दिएका छन् ।

यसअघि, गत असोजमा बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको सोही टोलीले आठ हजार एक ६३ मिटर अग्लो मनास्लु र छ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको सफल आरोहण गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ३४ बजे

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक

सेवा प्रवाह प्रभावकारी नभएको गुनासो

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरूको

शिक्षणका डाक्टरमाझ प्रधानमन्त्रीले भने- तीन हजार वर्षअघि नै चतरामा ऋषि सुश्रुतले सर्जरी गरेका थिए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय इतिहासका तथ्यले पुष्टि