सन्ध्या तिवारी नेतृत्वको एमालेको नाम अब ‘जजपा’ « Khabarhub

सन्ध्या तिवारी नेतृत्वको एमालेको नाम अब ‘जजपा’


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।

नेकपा नाम विवादमा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि तिवारी नेतृत्वको पार्टीले नाम परिवर्तन गरेको हो ।

निर्वाचन आयोगको पत्रानुसार उक्त पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले नाम परिवर्तन गर्दै जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको हो ।

केन्द्रीय समितिले गरेको निर्णयअनुसार पार्टीको नाम संशोधनका लागि अध्यक्ष सन्ध्या तिवारीले सोमबार निर्वाचन आयोगमा निवेदन पेश गरेकी छन् ।

नाम परिर्वतन गर्ने निर्णयानुसार आयोगमा पार्टीको नाम दर्ता गरेको महासचिव मनीष उपाध्यायले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा आयोगमा दर्ता भएपछि तिवारीको नेतृत्वमा नेकपा एमाले दर्ता भएको थियो । सर्वोच्चको फैसलासँगै आयोगले १५ दिनभित्र नयाँ नाम राख्न तिवारी नेतृत्वको पार्टीलाई पत्र पठाएको थियो ।

सर्वोच्च अदालतको फैसला र आयोगको निर्णयको सम्मान गर्दै पार्टीको नाम परिवर्तन गरिएको उपाध्यायले बताए ।

यस्तो छ आयोगलाई बुझाएको पत्र

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ५६ बजे

वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौं – जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

आईपीएल : मुम्बईलाई पञ्चाबले दियो २०१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पंजाब किंग्सले मुम्बई इन्डियन्सलाई

एमालेले पनि गर्‍यो संसद् बैठक बहिष्कार

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोध थप चर्किएको छ

अर्थमन्त्रीले भने : सबै दलको साझा चिन्तन र एजेण्डा समेटेर नीति तथा कार्यक्रम बनाएका छौँ

काठमाडौं – सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै दलहरूको साझा