एमाले नेपाल–खनाल पक्षले चैत ४ र ५ गतेको राष्ट्रिय भेला नरोक्ने (भिडियोसहित) | Khabarhub Khabarhub

एमाले नेपाल–खनाल पक्षले चैत ४ र ५ गतेको राष्ट्रिय भेला नरोक्ने (भिडियोसहित)


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्थापन पक्षले गरेको आग्रहलाई अस्वीकार गर्दै नेकपा एमालेको माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ ।

नेकपा एमालेको असन्तुष्ट माधव–झलनाथ पक्षले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफलपछि केन्द्रीय सदस्य र सांसदहरूलाई जानकारी दिन नयाँ बानेश्वरस्थित अर्याल होटलमा भएको छलफलले भेला नरोक्ने निर्णय गरेको हो ।

भेलामा सहभागी सांसद डा. दीपकप्रकाश भट्टले चैत ४ र ५ गते बोलाएको भेला अहिले नरोक्ने निर्णय भएको जानकारी दिए । साथै आज बिहान अध्यक्ष एवम् प्रधानमन्त्रीसँग भएको छलफलका बारे पनि ब्रिफिङ भएको उनले बताए ।

यो समूहले सहमतिका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग भने वार्ता जारी राख्ने भएको छ । उनका अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षसँग वार्ता पनि गर्दै जाने निष्कर्ष निकालिएको छ ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् रुपमै फर्किएका छन् ।

यही बीचमा अध्यक्ष ओलीले २८ फागुन विशेष बैठक भन्दै निर्वाचित पदाधिकारी खारेज गरी २३ जना केन्द्रीय सदस्य थप गरेपछि एमालेभित्र विवाद चुलिएको छ ।

माधव–झलनाथ पक्षले फागुन २८ को निर्णय रद्द गर्नुपर्ने माग राखेको छ । तर, अध्यक्ष ओली त्यसमा सकारात्मक देखिएका छैनन्।

हेरौँ भिडियो

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ०७ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला