पशुपतिमा सुनको जलहरी राख्न बाटो खुला « Khabarhub

पशुपतिमा सुनको जलहरी राख्न बाटो खुला


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न रोक लगाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

योसँगै सरकारलाई पशुपतिनाथमा सुनको जलहरी राख्न बाटो खुला भएको छ ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने घोषणा गरेका थिए । तर सरकारको उक्त कदम रोक्न माग गर्दै पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य र अधिवक्ता नीतीका ढुंगानाले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

यसअघि गत फागुन १२ गते यही रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले जलहरी राख्ने सरकारको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिँदै अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १० : ३० बजे

ब्रिक्स बैठकमा इरान-यूएई भनाभन, सदस्य राष्ट्रले जारी गर्न सकेनन् साझा वक्तव्य

नयाँदिल्ली- ब्रिक्स देशहरूको नयाँ दिल्लीमा भएको दुई दिने विदेश मन्त्रीहरूको

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

काठमाडौं – बहुप्रतीक्षित पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत

काठमाडौंमा मेट्रोरेल सञ्चालन गर्न प्रभावकारी मोडालिटी तय गर्न महालेखाको सुझाव

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनका लागि

सहकारी ठगीमा रास्वपाका अर्का नेता पनि जोडिए, रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी

पोखरा- पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम

विद्यार्थीलक्षित नियो स्टोरको ‘ब्याक टु स्कुल’ अफर

काठमाडौं – नियो स्टोर ले विद्यार्थीलाई लक्षित गर्दै ‘ब्याक टु