पशुपतिमा सुनको जलहरी राख्न बाटो खुला | Khabarhub Khabarhub

पशुपतिमा सुनको जलहरी राख्न बाटो खुला


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न रोक लगाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

योसँगै सरकारलाई पशुपतिनाथमा सुनको जलहरी राख्न बाटो खुला भएको छ ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने घोषणा गरेका थिए । तर सरकारको उक्त कदम रोक्न माग गर्दै पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य र अधिवक्ता नीतीका ढुंगानाले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

यसअघि गत फागुन १२ गते यही रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले जलहरी राख्ने सरकारको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिँदै अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १० : ३० बजे

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न

कलैयाका पूर्वनिमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय,

एनसेल फाउन्डेसनले एनपीएल सिजन २ का हरेक चौकाबापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले यस वर्ष पनि  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सातै प्रदेशमा सुरक्षा गोष्ठी गरिने

काठमाडौं- केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको