प्रधानमन्त्रीले आयोजना गरेको चियापान एमालेको नेपाल समूहले बहिष्कार गर्ने « Khabarhub

प्रधानमन्त्रीले आयोजना गरेको चियापान एमालेको नेपाल समूहले बहिष्कार गर्ने


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको माधव कुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

पार्टीभित्र तिक्तता बढीरहेका बेला प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे चियापान आयोजना गरेका छन् । तर यो चियापान कार्यक्रममा नजाने नेपाल समूहले जनाएको छ ।

पार्टी विवाद नमिली बालुवाटार जानुको औचित्य नभएको सो समूहको सोमबार बानेश्वरमा बसेको बैठकले निचोड निकाले नेता भीम रावलले जनाए ।

चियापानमा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई बोलाएका छन् ।

ओली समूहले सबै केन्द्रीय नेताहरुलाई चियापानमा सहभागिका लागि निम्तोसहितको सन्देश पठाएको जनाइएको छ।

पार्टी विवाद चुलिएका बेला सोमबार पार्टी कार्यालय धुम्बारहीमा दुबै समूहबीच वार्ता भएको थियो । तर दुबै समूहको अडानले वार्ता निष्कर्षविहिन भएको थियो ।

 

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ९ : २० बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको