‘केजीएफ २’ मा सञ्जय दत्तपछि यी नायिका पनि ‘इन्ट्री’को तयारीमा « Khabarhub

‘केजीएफ २’ मा सञ्जय दत्तपछि यी नायिका पनि ‘इन्ट्री’को तयारीमा


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २०१८ मा रिलिज भएको कन्नड फिल्म ‘केजीएफ’ बक्स अफिसमा कमालको व्यापार गरेको थियो । यो फिल्मले हिन्दी भर्सनमा पनि राम्रो कमाइ गरेको थियो ।

फिल्मको चर्चापछि निर्माण टिमले यो फिल्ममा बलिउड कलाकारलाई पनि अभिनय गराउने भएको छ । नेपालमा समेत राम्रो क्रेज बनाएको यो फिल्ममा सञ्जय दत्तले समेत अभिनय गर्ने भएपछि दोस्रो सिक्वेलको झन् क्रेज थपिएको थियो । यता फिल्म युटिनले एक नायिकालाई पनि दोस्रो सिक्वेलमा अनुबन्ध गराउने निर्णय गरेको छ ।

खबरका अनुसार यो फिल्ममा सञ्जय दत्तपछि रविना टण्डनलाई निर्माण टिमले अफर गरेको छ । भारतीय मिडियाको रिपोर्टअनुसार फिल्ममा रविना टन्डनको मुख्य भूमिका छ । यदि यो खबर साँचो भयो भने रविनाका लागि पनि यो फिल्म विशेष फिल्म हुनेछ । यद्यपि निर्माण टिमले आधिकारिक जानकारी भने दिएको छैन ।

‘केजीएफ’ले ग्लोबल मार्केटमा पनि राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मलाई कन्नडसँगै हिन्दी, तेलुगू, तमिल र मलयालम भाषामा पनि रिलिज गरिएको थियो । प्रशान्त निलको निर्देशनमा बनेको यो फिल्मले शाहरुख खानको फिल्म ‘जिरो’ लाई टक्कर दिएको थियो । ‘केजीएफ’ मा यशको मुख्य भूमिका थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १० : ५९ बजे

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा