कोरोनाविरुद्ध चिनियाँ खोप लगाएकालाई मात्र चीनले भिसा दिने ! « Khabarhub

कोरोनाविरुद्ध चिनियाँ खोप लगाएकालाई मात्र चीनले भिसा दिने !


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले आफ्नो देशमा निर्मित कोरोनाविरुद्धको खोप लगाएका नेपाली नागरिकहरुलाई मात्र चीन प्रवेशको अनुमति दिने जनाएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै भिसा आबेदन गर्दा चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लगाएको प्रमाणपत्रसहित निवेदन पेश गर्न सूचित गरेको हो ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘दूतावासले ती भिसा आवेदकहरुलाई सहजीकरण गर्नेछ जसले चीनमा निर्मित कोभिड- १९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिएका हुनेछन् ।’

यस्तो छ दूतावासद्वारा जारी विज्ञप्ति

दूतावासले चिनियाँ खोप लगाएका नागरिकहरुका लागि मात्र भिसा प्रक्रियामा सहजीकरण गर्ने जनाएपनि चीनले नेपालमा उपलब्ध गराउने भनिएको खोप हालसम्म नेपालमा आएको छैन ।

नेपाल सरकारले कोरोना भाइरसविरूद्धको चिनियाँ खोप ‘भेरो सेल’ लाई आपतकालीन प्रयोगका लागि अनुमति भने दिएको छ । चिनियाँ कम्पनी सिनोफार्म कम्पनीले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

चीनले उत्पादन गरेको कोरोनाविरूद्धको खोपले गम्भीर असर निम्त्याएको भन्दै विभिन्न मुलुकमा परीक्षणमा समेत रोक लगाइएको छ।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले बनाएको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ भारतबाट ल्याएर खोप अभियान शुरू गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ४ : ५१ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क