‘जेम्स बोण्ड’ भिलेन याफतको निधन | Khabarhub Khabarhub

‘जेम्स बोण्ड’ भिलेन याफतको निधन


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउडका प्रख्यात अभिनेता याफत कोत्तोको ८१ वर्षको उमेरमा निधन भएको छ । उनले सन् १९७३ मा ‘जेम्स बोण्ड’ फिल्म ‘लाइभ एण्ड लेट डाई’मा भिलेनको चरित्र निभाएका थिए ।

उनले कोट्ट भी रिडले स्कटको १९७९ को हिट फिल्म ‘एलियन’ र ८० को दशकमा ‘द रनिंग मेन’ र ‘मिडनाइट रन’ जस्ता फिल्ममा अभिनय गरिसकेका थिए ।

एबीपी लाइभमा प्रकाशित समाचार अनुसार उनले सन् १९७७ मा आफ्नो फिल्म ‘रेड अन एन्टेबे’मा यूगाण्डाका पूर्व राष्ट्रपति इदी अमीनको भूमिकामा अभिनय गर्दै एमी अवार्डको मनोनयनमा परेका थिए ।

उनले कैयौं टेलिभिजन शोमा पनि काम गरेका थिए । उनको अभिनय करियर चार दशकभन्दा लामो चल्यो ।

याफतको निधनबारे उनकी पत्नी सिनाहोन थेसाले फेसबुकमार्फत जानकारी दिएकी छन् । ‘म आफ्नो पति याफतको निधनले दुःखी र स्तब्ध छु । मेरो लागि यो धेरै दर्दनाक क्षण हो कि म आफ्नो पतिका सबै प्रशंसक, साथी तथा परिवारलाई उनको निधनको बारे समाचार सुनाइरहेको छु’, उनले लेखेकी छन् ।

पतिले केही फिल्ममा खलनायकको चरित्र निभाए पनि आफ्ना लागि उनी एक असल नायक भएको सिनाहोनले उल्लेख गरेकी छन् ।

उनको निधनको कारण के हो भन्ने कुरा अझै खुल्न सकेको छैन । यी अभिनेताले तीन विवाह गरेका थिए र उनका ६ सन्तान छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ११ : २० बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा