अर्जुन भन्छन्, ‘नेपाल–भारत सीमामा अनौठो अनुभव भयो’ « Khabarhub

अर्जुन भन्छन्, ‘नेपाल–भारत सीमामा अनौठो अनुभव भयो’


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– मार्च १९ अर्थात् भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘सन्दीप और पिंकी फरार’ को केही अंश नेपालमा पनि छायांकन गरिएको छ ।

दिवाकर बनर्जी निर्देशित फिल्ममा अर्जुन कपूर र परिणीति चोपडा प्रमुख भूमिकामा छन् । फिल्ममा परिणीतिले सन्दीप कौर र अर्जुनले पिंकी दहियाको भूमिकामा अभिनय गरेका छन् ।

दैनिक भास्करसँगको अन्तरवार्तामा अर्जुनले नेपाल र भारतको सीमानाका विषयमा भएको छायांकन अनुभवबारे बोलेका छन् । ‘फिल्मको सुटिङ गुडगाँव र नयाँदिल्लीमा भएको छ । हामी उत्तराखण्डको पिथौरागढ पनि गयौं । जो स्थान नेपालको सीमानामा पर्छ’, अर्जुनले भनेका छन् ।

उनले त्यहाँबाट १ सय ५० पाइला जति हिँड्दा नेपाल पुगिने बताए । ‘पहिला सीमाना पार गर्नु ठूलो कुरा लाग्थ्यो । तर नेपाल र भारतको सीमामा अनौठो अनुभव भयो’, पहिलोपटक पिथौरागढ आएका अर्जुनले भनेका छन् ।

यो फिल्मको केही समय अघि ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरको सुरुवात परिणीतिबाट हुन्छ, जो एक ट्याक्सी ड्राइभर देखिने अर्जुनसँग सहयोग माग्छिन् ।

परिणीतिलाई प्रहरीले खोजिरहेका हुन्छन् । त्यहीकारण अर्जुनले उनलाई त्यहाँबाट भगाउन सहयोग गर्छन् । उनीहरु भागेर एक वृद्ध दम्पत्तिको घर पुग्छन् ।

तर प्रहरीहरु उनीहरु भएकै ठाउँमा खोज्दै आइपुग्छन् । त्यसपछि उनीहरु प्रहरीबाट बच्न नेपाल आउछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १२ : ५५ बजे

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ