भोजपुरी स्टार खेसारीलालविरुद्ध गालीगलौज मुद्धा « Khabarhub

भोजपुरी स्टार खेसारीलालविरुद्ध गालीगलौज मुद्धा


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भोजपुरी फिल्मका स्टार खेसारीलाल यादवविरुद्ध लखनऊको गुडम्बा थानमा मुद्दा दर्ता भएको छ । फिल्म निर्देशक आरआर पाण्डेयले खेसारीविरुद्ध एफआईआर दर्ता गराएका हुन् ।

निर्देशक पाण्डेयले खेसारीविरुद्ध गालीगलौज र अभद्र व्यवहार जस्तो आरोप लगाएका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार पाण्डेयले खेसारीले सामाजिक सञ्जालका माध्यमबाट सहकर्मी कलाकारलाई धम्काएको दाबी गरेका छन् ।

यो मामलामा शत्रुघ्न यादव उर्फ खेसारीलाल यादवसहित अन्य चार व्यक्तिलाई एफआईआर दर्ता गरिएको छ ।

खेसारीको फ्यान फलोइङ करोडौं छन् । केही समय अघि उनले दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको नाम लिएर एउटा कुरा बोलेका थिए । जुन कुराले निकै चर्चा पाएको थियो ।

‘म पनि सुशान्तजस्तै बिहारबाट छु । बिहारी हुँ । तर म कमजोर छैन । यस्तोमा भोजपुरी उद्योगका मानिसहरु मेरो बारेमा के सोच्छन् । मलाई केही फरक पर्दैन’, उनले आफ्नो फेसबुक लाइभमा यो कुरा भनेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १ : ३२ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान