कसिलो पहिरनले अभिनेत्रीलाई पुर्‍यायो अस्पताल ! « Khabarhub

कसिलो पहिरनले अभिनेत्रीलाई पुर्‍यायो अस्पताल !


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– फेसन सेन्स हुनु जोकोही कलाकारका लागि राम्रो कुरा हो । तर त्यही फेसन सेन्स नमिल्दा कहिलेकाँही कलाकार लडेर घाइते पनि हुन्छन् ।

आफ्नो स्वास्थ्यलाई भन्दा फेसनलाई बढी प्राथमिकता दिँदा दुर्घटनामा परिन्छ भन्ने उदाहरण चिनियाँ अभिनेत्री झाङ मेङ बनेकी छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार सामाजिक सञ्जालमा उनको दुर्घटनाको किस्सा भाइरल भइरहेको छ । झाङ आफ्नो पहिरनका कारण अस्पतालको बेडमा पुगेकी छन् ।

झाङ एक कार्यक्रममा निकै कसिलो पहिरन लगाएर पुगेकी थिइन् । जसकारण उनको छातीमा चोट देखिएको थियो । यो कुराको जानकारी अभिनेत्री आफैंले दिएकी छन् ।

‘तपाईंहरु सबैलाई मप्रति देखाउनुभएको चासो र चिन्ताका लागि धन्यवाद । म ठिक छु । वास्तवमा भन्नुपर्दा मेरो पहिरन केही छोटो थियो । तर मसँग पहिरन फेर्ने समय थिएन । मेरो पहिरनको कुनै गल्ती छैन, किनकी म केही मोटी छु’, उनले लेखेकी छन् ।

उनले सबैलाई आफ्नो स्वास्थ्यबारे ध्यान दिन आग्रह गरेकी छन् । उनले सांघाई अस्पतालमा उपचार गराएकी छन् । छाती दुखाई तिब्र भएपछि उनी अस्पताल पुगेकी थिइन् ।

चिकित्सकले टाइट ड्रेसका कारण छातीमा समस्या आएको बताएका छन् । ‘टाइट ड्रेस लगाउदा छाती सामान्य अवस्था भन्दा भित्र दब्छ । जसकारण मानिसमा चाप बढ्छ । जसले गर्दा छाती दुखाई बढ्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  २ : ४५ बजे

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

मलङ्गवा– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई 

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा पोखरा

धादिङको धुनीबेंसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रूपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

खोटाङ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी