अभिषेकले किन फेरे आफ्नो नाम ? « Khabarhub

अभिषेकले किन फेरे आफ्नो नाम ?


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता अभिषेक बच्चनले बलिउडमा एउटा लामो यात्रा तय गरिसकेका छन् । उनले हिट र फ्लप दुवै फिल्ममा काम गरेका छन्

उनले अभिनय गरेका कतिपय फिल्मले बक्सअफिसमा जबरदस्त कलेक्सन गर्यो भने कहिले नातावादको वाणले उनको करियरलाई चोटिल बनाउने काम पनि गर्यो ।

तर सफलता पाउनका लागि मेहनत र राम्रो अभिनयले पनि पुग्दैन । बलिउडमा यस्ता कैयौं सेलिब्रेटी छन्, जो ज्योतिष विद्यामा निकै विश्वास राख्छन् ।

उनीहरुलाई नम्बरको खेलमा आवश्यकता भन्दा बढी भरोसा हुन्छ । जब उनीहरुको त्यो भरोसा अटुट रहन्छ, त्यो समयमा सेलिब्रेटीहरु आफ्नो नाम बदल्न सुरु गर्छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार अभिनेता अभिषेकले अहिले यस्तै काम गरेका छन् । आफ्नो करियरमा पहिलोपटक उनले आफ्नो नाम फेरेका छन् । उनको फिल्म ‘बिग बुल’को ट्रेलरमा ध्यान दिएर हेर्ने हो भने उनले आफ्नो नाम र थरको बीचमा एउटा अक्षर ‘ए’ जोडेका छन् ।

फिल्ममा ‘अभिषेक बच्चन’ को स्थानमा ‘अभिषेक ए बच्चन’ लेखिएको छ । अभिनेताले नाम र थरको बीचमा एउटा अक्षर जोडेका छन् । तर संख्याशास्त्रको दुनियामा यसको महत्व अलग छ ।

आफ्नो नाममा ‘ए’ अक्षर राखेपछि जीवनमा सकारात्मक परिणामहरु प्राप्त हुन्छन् भन्ने मान्यता छ । फिल्मको ट्रेलर हेर्दा अभिषेकले त्यही सकारात्मक परिणाम प्राप्त गर्न उनले नामको बीचमा एउटा अक्षर राखेको अनुमान लगाइएको छ ।

बलिउडमा आफ्नो नाम फेर्ने शैली पुरानो मानिन्छ । यो सूचीमा आयुष्मान खुराना, रानी मुखर्जी, तुषार कपुर, अजय देवगन, विवेक ओबराय, ऋतिक रोशनलगायतका कलाकारको नाम समावेश छ ।

कतिपयले आफ्नो नामको कुनै अक्षयर हटाएका छन् भने कसैले जोडेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ४ : १५ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने