४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद भोलि छुट्दै | Khabarhub Khabarhub

४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद भोलि छुट्दै


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय जेलमा ४० वर्षदेखि बन्दी जीवन बिताइरहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) भोलि (शनिबार) छुट्ने भएका छन् ।

उच्च अदालत, कोलकाताले छाड्न आदेश दिएपछि उनका भाइ प्रकाशचन्द्र कोलकाता गएका थिए । दुर्गाप्रसादलाई आज (शुक्रबार) थुनामुक्त गर्ने भनिए पनि अदालती प्रक्रिया नसकिएका कारण नछुटेको भाइ प्रकाशले जानकारी दिए ।

अदालतले गत बुधबार उनलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको थियो । कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बि नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले उनलाई छाड्न आदेश दिएका थिए । अदालतले दुर्गाप्रसादलाई भाइ प्रकाशको साथमा जिम्मा लगाउने आदेश दिएको थियो ।

दाइलाई लिन कोलकाता पुगेका प्रकाशले अदालतका रजिष्ट्रारसमक्ष सम्पूर्ण कागजी प्रक्रिया पूरा गरे पनि समय अभावले दुर्गाप्रसाद छुट्न नसकेको बताए । शनिबार दुर्गाप्रसाद छुट्ने उनको भनाइ छ ।

दुर्गाप्रसादको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई हरेक ६ महिनामा जानकारी गराउन अदालतले भनेको छ । महावाणिज्य दूतावासले अदालतलाई उक्त जानकारी उपलब्ध गराउने छ ।

इलामको माई नगरपालिका – १० बाट दुर्गाप्रसाद १९ वर्षको उमेरमा तोरो बेच्न भन्दै मंगलबारे गएका थिए । तोरो बेचेर आएको पैसा लिएर उनी कामको खोजीमा दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका उनी भारतका विभिन्न जेलमा सारिएका थिए । उनका परिवारले भने आन्दोलनमा मारिएको हुन सक्ने आशंका गरेको थियो ।

कोलकाताको दमदम कारागारमा राधेश्याम दास नामका कैदीले उनलाई १० वर्षअघि देखेका थिए । गत जनवरीमा पनि दुर्गाप्रसादलाई त्यहीँ देखेपछि सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइ बिना कारागारमा रहेको खुलेको थियो । दास थुनामुक्त भएपछि उनले वेस्ट बंगाल रेडियो क्लबमा खबर गरेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यम हुँदै दुर्गाप्रसाद ४० वर्षदेखि भारतीय जेलमा रहेको खबर सार्वजनिक भएको थियो । त्यसपछि उनको पक्षमा माहोल बनेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ७ : १० बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन