एक प्रेरक प्रसङ्ग ‘बालक’ | Khabarhub Khabarhub

एक प्रेरक प्रसङ्ग ‘बालक’


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माइकल फराडेले विद्युतको चुम्बकीय आविष्कारसम्बन्धी प्रदर्शनीको आयोजना गरेका थिए ।

प्रदर्शनी अवलोकन गर्न विदेशबाट समेत मानिस आएका थिए । ती मानिसको हुलको अग्रपङ्क्तिमा एक महिला आफ्नो सानो बालक काखमा राखेर बसेकी थिइन् ।

आविष्कारको प्रयोग गर्ने क्रममा माइकलले तामाको तारको एउटा कुण्डलीको दुईछेउ एक गैलवेनोमिटरमा जोडिदिए । चुम्बकको एक भागलाई त्यसमा प्रवेश गराए ।

चुम्बक तीव्र गतिका साथ कुण्डलीमा प्रवेश गर्‍यो र विद्युत उत्पन्न भयो । जब चुम्बकलाई कुण्डलीबाट बाहिर निकालियो, सुई विपरित दिशामा गयो । यो परीक्षणपछि माइकलले सहाभगीलाई बिजुली निकालिएको तरिकाबारे जानकारी गराए ।

प्रदर्शनको अन्त्यतिर काखमा बच्चा बोकेकी ती महिलाले रिसाउँदै माइकललाई भनिन्— यो पनि कुनै प्रयोग हो ? यसको के उपयोग ? मानिसलाई मूर्ख बनाउन किन दुनियाँलाई बोलायौ ?

महिलाले यतिका प्रशन गरेपछि माइकलले भने— तपाईंको साथमा रहेको बालक सानो छ । उसको अहिले कुनै उपयोग छैन । त्यस्तै मेरो आविष्कार पनि अहिले सानै छ र अहिले उपयोगी हुने समय आइसकेको छैन । परिष्कृत तथा ठूलो भएर प्रयोगमा ल्याउन सकिने भएपछि यसको उपयोगले महत्वपूर्ण काम गर्न सक्नेछ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ३५ बजे

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन