आमिरलाई अलकाले स्टुडियोबाट निकालेपछि... | Khabarhub Khabarhub

आमिरलाई अलकाले स्टुडियोबाट निकालेपछि…


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कैयौं बलिउड फिल्ममा सुपरहिट गीत दिएकी गायिका अलका याग्निक ५५ वर्ष पुगेकी छन् । उनको जन्म २० मार्च, १९६६ मा कोलकातामा भएको थियो ।

दैनिक भास्करले यी गायिकाको जन्मदिनको अवसर पारेर एक किस्साको बारे समाचार लेखेको छ । जुन किस्सालाई सम्झिएर अहिले पनि अलका खुबै हास्छिन् ।

८० देखि ९० को दशककी गायिका अलकाले फिल्म ‘कयामत से कयामत तक’मा जुही चावलाका लागि गीत गाउनुपर्ने थियो । त्यो समय उनी फिल्म ‘तेजाब’को गीत गाएर लोकप्रिय भइसकेकी थिइन् ।

जोकोही संगीतकार पनि अलकासँग गीतको सहकार्य गर्न चाहन्थे । एकदिन एक रेकर्डिङ स्टुडियोमा आएर गीत गाइरहदा एक युवक उनको अगाडि आएर बसे ।

अलकाले गाइरहँदा त्यो युवकले उनलाई घुरेर हेरिरहेको थिए । युवकको व्यवहार देखेर अप्ठ्यारो महशुस गरेकी उनले ती युवकलाई रेकर्डिङ स्टुडियो बाहिर जान आदेश दिइन् । आदेश पाउनासाथ ती युवक बाहिर निस्किए ।

रेकर्डिङको काम सकिएपनि नासिर हुसेनले अलकालाई फिल्मको कलाकारसँग भेट्नका लागि प्रस्ताव गरे । ती कलाकारमा जूही चावला र आमिर खान पनि थिए ।

आमिर र जुही त्यो समयमा नयाँ भएकाले अलकाले उनीहरुलाई चिनेकी थिइनन् । जुही र अलकाको पहिलो भेट त्यही स्टुडियोमा भएको थियो । तर जब आमिरको पालो आयो, अलकाले आमिरलाई चिनिहालिन् । किनकी अलकाले स्टुडियोबाट निकालेका युवा आमिर नै थिए ।

त्यसपछि अलकाले हाँस्दै ‘सरी’ भनिन् र आमिरले ‘ओके’ भनेपछि उनीहरुबीचको कुरा मिल्यो । अहिले पनि आमिरसँग अलकाको कहिँकतै भेट भइहाल्यो भने यो घटना सम्झेर हास्ने गर्छिन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  २ : ५५ बजे

शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले शिक्षकहरूलाई काठमाडौं केन्द्रित

एल साल्भाडोर पुगे डेमोक्रेट सिनेटर

एल साल्भाडोर – अमेरिकी सिनेटरले भुलवश एल साल्भाडोर लगिएका मेरिल्यान्डका

नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

बाँके– लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला

प्यालेस्टाइनमा संकट बढ्दै : एम्बुलेन्ससमेत छाड्दैन इजरायली सेना

इजरायल – गाजामा प्यालेस्टाइनीमाथि इजरायली आक्रमण लगातार जारी रहेको छ।

एक लाख पर्यटकबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

बागलुङ– बागलुङ नगरपालिका– ४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण