अजय–शाहरुखः फिल्ममा दुरी, विज्ञापनमा नजिक | Khabarhub Khabarhub

अजय–शाहरुखः फिल्ममा दुरी, विज्ञापनमा नजिक


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता अजय देवगन र शाहरुख खान बलिउडमा राज गर्ने प्रमुख अभिनेता हुन् भन्दा फरक नपर्ला । यी दुईको फ्यान फलोइङ उल्लेख्य छन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यी दुई अभिनेता अहिलेसम्म कुनै पनि फिल्ममा सँगै देखिएनन् । तर अहिले भने यी दुई अभिनेतालाई एक विज्ञापन कम्पनीले एकैठाउँमा ल्याएको छ ।

यी दुई अभिनेताले पहिलोपटक एक विज्ञापनमा अभिनयको सहकार्य गरेका छन् । उनीहरु अभिनित विज्ञापनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा अजय र शाहरुख एक ब्राण्डको प्रमोसन गरिरहेका छन् । अनौठो कुरा के छ भने भिडियो हेरेपछि अजय र शाहरुखका क्रेजी फ्यानले भिडियोलाई ट्रेन्ड गर्न सुरु गरेका छन् ।

अजय र शाहरुखले हालसम्म कुनै पनि फिल्ममा सहकार्य नगरे पनि अजयकी पत्नी काजोल शाहरुखको मिल्ने साथी हुन् ।

शाहरुख र काजोलको अनस्क्रिन जोडीले वर्षौदेखि फिल्मी पर्दामा राज गर्दै आइरहेका छन् ।

तर अजय र शाहरुख भने फिल्मी सहकार्यमा एकापसमा दुरी बढाईरहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ३० बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार