मनाङमा ट्रक दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु « Khabarhub

मनाङमा ट्रक दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङको नासों गाउँपालिका ४, खोत्रोमा ट्रक दुर्घटना हुँदा नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

लमजुङ बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं. ट्रक शनिबार दिउँसो दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङ छन् । मृतक लिउन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।

प्रनाउ खड्काका अनुसार सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भइ ‘ब्याक’ हुँदा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको हो । दुर्घटनामा ट्रकका चालक लमजुङका सुमन तामाङ, सहचालक लक्ष्मण नेपाल, नासों गाउँपालिका अन्दाजी ७ वर्षीय थिउन गुरुङ, ६ वर्षीय निहल र चामे गाउँपालिका ४ का २५ वर्षीय धनमान विश्वकर्मा रहेका छन् । शनिबार दिउँसो करिब साढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइते भएकालाई उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल पठाइएको छ । मृतक ३ जनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : ०१ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट