यी कलाकार, जसलाई मागी विवाह फाप्यो « Khabarhub

यी कलाकार, जसलाई मागी विवाह फाप्यो


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड सेलिब्रेटीको अफेयरको खबर सञ्चारमाध्यममा सुनिनु पुरानै चलन हो । यस्ता केही अफेयरहरु निकै लामो समयसम्म चल्छन्, तर ती अफेयरले विवाहमा पूर्णता पाउदैन ।

दैनिक भास्करले आफ्नो एक रिपोर्टमा प्रेममा असफल भएपछि मागी विवाह गरेका केही सेलिब्रेटीहरुको समाचार तयार पारेको छ ।

अभिनेता विवेक ओबरोयले कैयौं फिल्ममा आफ्नो अभिनयका कारण दर्शकको मन जितिसकेका छन् । आफ्नो विवाह अघि यी अभिनेताको नाम बलिउडकै सुन्दर अभिनेत्री ऐश्वर्या रायसँग जोडिएको थियो ।

ऐश्वर्यासँगको प्रेम असफल भएपछि उनले प्रियंका अल्वासँग विवाह गरे ।

अभिनेता नील नितिन मुकेशले पनि मागी विवाह नै गरेका हुन् । उनले सन् २०७ मा रुक्मिणी सहायसँग विवाह गरेका थिए ।

विवाह अघि नीलको नाम सोनल चौहान र साशा आगजस्ता अभिनेत्रीसँग जोडिएको थियो ।

अभिनेता शाहिद कपुर आफ्नो विवाहका कारण अहिले पनि चर्चामा आइरहन्छन् । शाहिदले निकै लामो समयसम्म अभिनेत्री करीना कपूरसँग डेट गरे ।

तर उनीहरुको प्रेम विवाहसम्म पुग्न सकेन । उनले सन् २०१५ मा मीरा राजपूतसँग विवाह गरेका थिए ।

अभिनेत्री करिश्मा कपूर र अभिषेक बच्चनबीचको सम्बन्ध कहिँ कतै लुकेको छैन । दुवैजना विवाह गर्न चाहन्थे । तर केहीकारणले उनीहरुको विवाह हुन सकेन ।

त्यसपछि करिश्माले व्यापारी सञ्जय कपुरसँग मागी विवाह गरिन् । यद्यपि उनीहरुको वैवाहिक सम्बन्ध सफल हुन सकेन ।

बलिउडकी ‘धक–धक गर्ल’का रुपमा परिचित अभिनेत्री माधुरी दीक्षित र अभिनेता सञ्जय दत्तबीचको प्रेम सम्बन्धले बलिउडको बजार निकै गर्माएको थियो । तर सञ्जय जेल गएपछि दुईबीच दुरी आयो र माधुरी सञ्जयबाट अलग्गिइन् ।

केही वर्षपछि उनले अमेरिकामा बस्दै आएका चिकित्सक नेनेसँग विवाह गरिन् । उनीहरुको दुई छोरा छन् ।

८०–९०को दशकका प्रख्यात अभिनेता राकेश रोशन पनि बलिउडका सानदार कलाकारमध्ये एक हुन् । उनले कैयौं फिल्ममा आफ्नो अभिनयबाट दर्शकको मन जितिसकेका छन् । राकेशले पनि पिंकी रोशनसँग मागी विवाह गरेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ५५ बजे

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने

दुर्गा प्रसाईंको दाबी : जेन-जी आन्दोलनमा मेरो संलग्नता थिएन

काठमाडौं- व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं ले आफू २०८२ भदौ

निश्चलको आग्रह : अनुसन्धान चाहिँ मबाटै सुरू गरियोस्

काठमाडौं –  गत भदौ २३ र २४ को जेन-जी आन्दोलनबारे

भारतमा चरम गर्मी चेतावनी

नयाँदिल्ली– भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री