दीपिका बनिन् ‘बलिउडकी प्रिय अभिनेत्री’ « Khabarhub

दीपिका बनिन् ‘बलिउडकी प्रिय अभिनेत्री’


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्ना समकालिन अभिनेत्रीलाई पछि पार्दै ‘बलिउडकी प्रिय अभिनेत्री’ बनेकी छन् ।

ओरम्याक्स मिडियाले सामाजिक सञ्जालमा फ्यानको उपस्थिति तथा अनलाइन भोटिङमार्फत गरिएको सर्वेक्षणमा दीपिकालाई सर्वाधिक भोट प्राप्त भएको थियो ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार बलिउडकी ‘मस्तानी’का रुपमा परिचित दीपिकाको पछिल्लो फिल्म ‘छपाक’ हो । उनी चाँडै नै शाहरुख खानसँग फिल्म ‘पठान’मा देखिँदैछिन् ।

अभिनेत्री आलिया भट्ट मत परिणाममा दोस्रो स्थानमा परिन् । उनी यो समयमा ‘गंगुबाइ काठियावाडी’, ‘आरआरआर’ र ‘ब्रह्माश्त्र’ जस्ता ठूला बजेटका फिल्ममा व्यस्त छिन् ।

परिणामको तेस्रो स्थानमा अभिनेत्री कटरीना कैफ छिन् । अभिनेता अक्षय कुमारसँग अभिनित उनको फिल्म ‘सूर्यवंशी’ रिलिजको तयारीमा छ ।

अभिनेता शक्ति कपुरकी छोरी श्रद्धा कपुर चौथो नम्बरमा छिन् । उनी पछिल्लो पटक फिल्म ‘बाघी ३’मा देखिएकी थिइन् । उनी हाल लभ रञ्जनको नयाँ फिल्ममा अभिनेता रणवीर कपूरसँग व्यस्त छिन् । फिल्म सन् २०२२ मा रिलिज हुनेछ ।

बलिउडको सुन्दरी अभिनेत्रीमा चिनिने करीना कपूर खान पाँचौं प्रिय अभिनेत्रीमा दरिएकी छन् । उनी चाँडै नै अभिनेता आमिर खानसँग फिल्म ‘लालसिंह चड्डा’मा देखिदैछिन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : १५ बजे

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ