जाह्नवी भन्छिन्, ‘भर्चुअल संवादमा नो किस’ « Khabarhub

जाह्नवी भन्छिन्, ‘भर्चुअल संवादमा नो किस’


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार आफ्ना फ्यानसँग भर्चुअल संवादमा थिइन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा गरिएको यो संवादमा उनलाई फ्यानहरुले धेरै विषयमा प्रश्न सोधेका थिए ।

मिड–डेमा प्रकाशित समाचारअनुसार अन्तरसंवादमा एक फ्यानले जाह्नवीलाई ‘के म किस गर्न सक्छु’ भनी सोधेका थिए । त्यसपछि उनले मास्क लगाएको तस्वीर पठाउदै ‘नो’ लेखेकी थिइन् । उनले भर्चुअल संवादमा किस गर्न नमिल्ने संकेत गरेकी थिइन् ।

एक प्रयोगकर्ताले जाह्नवीलाई उनको डाइट तालिकाबारे प्रश्न सोधेका थिए । जसको उत्तर दिँदै जाह्नवीले हातमा बोकेको आइसक्रिमयुक्त एक कपको तस्वीर पठाएर ‘दिनमा चार स्कूप्स’ भन्दै लेखेकी थिइन् ।

अर्का प्रयोगकर्ताले उनको हालसम्मको मनपरेको यात्राबारे सोध्दा उनले केही वर्ष अघि दक्षिण फ्रान्सको क्षणलाई सम्झेकी छन् ।

त्यस्तै उनको मनपर्ने सहकर्मी भनेर सोध्दा ‘गुञ्ज्न सक्सेनाः द कार्गिल गर्ल’ अभिनेता पंकज त्रिपाठीको नाम लिएकी छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १२ : ५५ बजे

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ