जाह्नवी भन्छिन्, ‘भर्चुअल संवादमा नो किस’ « Khabarhub

जाह्नवी भन्छिन्, ‘भर्चुअल संवादमा नो किस’


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार आफ्ना फ्यानसँग भर्चुअल संवादमा थिइन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा गरिएको यो संवादमा उनलाई फ्यानहरुले धेरै विषयमा प्रश्न सोधेका थिए ।

मिड–डेमा प्रकाशित समाचारअनुसार अन्तरसंवादमा एक फ्यानले जाह्नवीलाई ‘के म किस गर्न सक्छु’ भनी सोधेका थिए । त्यसपछि उनले मास्क लगाएको तस्वीर पठाउदै ‘नो’ लेखेकी थिइन् । उनले भर्चुअल संवादमा किस गर्न नमिल्ने संकेत गरेकी थिइन् ।

एक प्रयोगकर्ताले जाह्नवीलाई उनको डाइट तालिकाबारे प्रश्न सोधेका थिए । जसको उत्तर दिँदै जाह्नवीले हातमा बोकेको आइसक्रिमयुक्त एक कपको तस्वीर पठाएर ‘दिनमा चार स्कूप्स’ भन्दै लेखेकी थिइन् ।

अर्का प्रयोगकर्ताले उनको हालसम्मको मनपरेको यात्राबारे सोध्दा उनले केही वर्ष अघि दक्षिण फ्रान्सको क्षणलाई सम्झेकी छन् ।

त्यस्तै उनको मनपर्ने सहकर्मी भनेर सोध्दा ‘गुञ्ज्न सक्सेनाः द कार्गिल गर्ल’ अभिनेता पंकज त्रिपाठीको नाम लिएकी छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १२ : ५५ बजे

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति

कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

सिरहा – १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङ सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले