‘स्लमडग मिलेनियर’ अभिनेता देवले बेचे ‘मंकी मेन’ « Khabarhub

‘स्लमडग मिलेनियर’ अभिनेता देवले बेचे ‘मंकी मेन’


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’ स्टार देव पटेलको अभिनय करियर अहिले उचाईमा छ । फिल्ममा अभिनयको उत्साव मनाएपछि उनी फिल्म निर्देशक बनेका छन् ।

उनले हलिउड एक्सन फिल्म ‘मंकी मेन’बाट निर्देशनमा पाइला चालेका छन् । यो फिल्म उनले ३० मिलियन डलरमा बेचेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार उनले नेटफ्लिक्सलाई फिल्म ३० मिलियन डलरमा बेचेका हुन् ।

‘फिल्म केही हिंस्रक हुनसक्ला र केही भागमा पौराणिक सन्दर्भका कारण भारतीय दर्शकमाझ खासै उत्साहन नआउला । नेटफ्लिक्सले भने सेल्फ सेन्सरसिपलाई ध्यानमा राख्दै केही परिवर्तन गर्ने सर्तमा फिल्म खरिद गरेको हो’, नेटफ्लिक्स निकट स्रोतले भनेको छ ।

यो फिल्मको स्क्रिप्ट देवले पल अंगुनावेला र जोन कोलीसँग मिलेर लेखेका हुन् । फिल्मको कथा भारतको पृष्ठभूमिमा आधारित छ, जसमा देवले प्रमुख भूमिका निभाएका छन् ।

फिल्ममा साल्र्टो कोप्ले र शोभिता धुलीपालाको पनि अभिनय छ । फिल्म आगामी वर्ष २०२२ मा रिलिज हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : २५ बजे

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले