आज मंगलबार, गणेश भगवानको व्रत कसरी गर्ने ? « Khabarhub

आज मंगलबार, गणेश भगवानको व्रत कसरी गर्ने ?


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज मंगलबार । हिन्दुधर्मशास्त्रअनुसार मंगलबार गणेश भगवानको बार हो । हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा  उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ । हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ ।

गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन् । मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिएको हो ।

गणेश भगवानलाई कसरी खुसी बनाउने ?

विहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने । त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने । विशेष गरेर गणेशको पुजा गर्नलाई मंगलबार राम्रो मानिन्छ । त्यसकारण व्रत बसी विधिवत रुपमा पूजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ ।

गणेश भगवानको पूजा गर्दा घ्यू अपर्ण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ । यदि धनको लागि भगवान गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अपर्ण गर्दा छिट्टै प्रसन्न हुने विश्वास रहेको छ । गुलियो खाने कुराहरुबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरु चढाउनुपर्छ ।

त्यतिमात्रै हैन गणेशलाई खुसीबनाउने पुजागर्दा वस्त्र पनि चढाउनुपर्छ । यसरी विधिपूर्वक तरिकाले भगवान गणेशको पूजा गरे जीवनमा ठूलो सफलता हात पर्ने मान्यता रहेको छ । – एजेन्सीको सहयोगमा ।

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ४५ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी