आफ्नो करियर बनाउनका लागि जान्नैपर्ने केही टिप्स « Khabarhub

आफ्नो करियर बनाउनका लागि जान्नैपर्ने केही टिप्स


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सफल व्यक्ति बन्नका लागि विज्ञहरुले बताएका केही टिप्स हेरौं, जुन टिप्सबाट तपाईले आफ्नो करियर बनाउनका लागि धेरै कुरा जान्न सक्नु हुने छ ।

१. यदि तपाईं आफ्नो भविष्यका लागि कुनै क्षेत्र रोजिसक्नु भएको छ भने त्यो राम्रो हो । छैन भने सबैभन्दा पहिला आफ्नो जीवनका लागि सही र उचित क्षेत्रको छनोट गर्नुहोस् । र, त्यही क्षेत्रसँग संलग्न कुनै पनि विषयमा विशेषज्ञता बनाउनुहोस् । आजको समय विशेषज्ञताको हो । तपाईंले कुनै विषयमा विशेषज्ञता हासिल गर्न सक्नुभयो भने यसले तपाईंलाई क्षमता विकासका लागि मद्दत गर्नेछ ।

२. कुनै क्षेत्रमा विशेषज्ञता प्राप्त गरेपछि एउटा लक्ष्य बनाउनुहोस्, कि २४ वर्षको उमेरसम्म तपाईंको हातमा एउटा राम्रो करियर परिसकेको हुनेछ । तपाई कुनै राम्रो व्यवसायी वा विषयगत विज्ञ पनि बन्न सक्नुहुन्छ ।

३.तपाई भविष्यमा के गर्न चाहानुहुन्छ ? यसको निर्णय तपाईं आफैंले आफ्नो क्षमताअनुसार लिनुपर्ने हुन्छ । तपाईंको साथी के गर्दै छन् सोचेर कुनै निर्णय नलिनुहोस् । निर्णय लिने समयमा यो पनि सोच्नुस कि तपाईले रोजेको क्षेत्रमा ५ देखि ७ वर्षपछि कस्तो स्कोप रहने छ ।

४. एसईईदेखि १२ कक्षासम्म हरेक कोलोनीमा जो कोही पनि साथी हुन सक्छन् । तर, यसपछिको समयमा तपाईले कलेज भर्ना भएपछि मित्रतामा पनि सेलेक्टिभ हुन आवश्यक हुन्छ । राम्रो साथीको पहिचान गर्न सिक्नुहोस् । ती मानिसहरु जो तपाईको पढाई र करियरका लागि समस्या बनेका छन्,उनीहरुलाई आफ्नो लिस्टबाट हटाउनुहोस् । यसको मतल ती साथीहरुलाई आफ्नो जिबनबाट बाहिर निकाल्ने भने हैन । उनीहरुसँग सम्बन्ध बनाई राख्नुस् । हरकोही कुनै समय काम लाग्ने छन् ।

५. अब तपाईले प्रोफेश्नल बन्न पनि सिक्नुपर्ने हुन्छ । यदि रोजगार शुरु गर्नुअघि नै तपाइले प्रोफेश्नल बन्न सिक्नुभयो भने भविषयमा कुनै अफिसमा काम गर्न तपाईंलाई असहज हुने छैन । यसले तपाईलाई कुनै समस्या निम्त्याउन दिँदैन र भविषयमा आफ्नै व्यवसाय गर्दा पनि यसले धेरै मद्दत पुराउने छ ।- एजेन्सी

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ५० बजे

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौं– ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार

आयोगले उठायो सेनाको भूमिकामा गम्भीर प्रश्न, राज्यका संरचना जल्दा मुकदर्शक बनेको निष्कर्ष

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोग नेपाल ले सार्वजनिक गरेको जेन–जी आन्दोलनसम्बन्धी अनुसन्धान

जलवायु परिवर्तनका चुनौती बढ्दै

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२-८३ ले जलवायु परिवर्तनका चुनौती बढ्दै गएको

गणतन्त्र दिवसको मञ्चबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नपर्छ : प्रथम राष्ट्रपति यादव

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट