‘तारक मेहताका उल्टा चश्मा’बाट बिदा भइन् दिशा | Khabarhub Khabarhub

‘तारक मेहताका उल्टा चश्मा’बाट बिदा भइन् दिशा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय टेलिभिजनमा ‘तारक मेहताका उल्टा चश्मा’ शोले दर्शकलाई वर्षौदेखि मनोरञ्जन दिँदै आएको छ ।

यो शोमा दर्शकले रुचाएका कलाकारमा अभिनेत्री दिशा वकानी पनि पर्छिन् । जसले शोमा ‘दयाबेन’को चरित्र निर्वाह गरेकी छन् ।

सन् २०१७ को सेप्टेम्बरमा सुत्केरी बिदा लिएकी दिशा त्यसयता शोमा फर्किएकी छैनन् । अमर उजालामा प्रकाशित समाचारअनुसार उनले शोबाट पूर्ण रुपमा बिदा लिएकी छन् ।

केही समय अघि शोको एक एपिसोडका लागि उनले केमियो गरेकी थिइन् । जुन भूमिकालाई दर्शकले निकै रुचाएका थिए ।

सुत्केरी बिदा पछि दिशा र शोका निर्माताबीच दिशाको कमव्याकको विषयमा कुराकानी चलिरहेको थियो । जसका लागि उपर्युक्त समय र कथाको खोजी पनि भइरहेको थियो ।

दिशाले सुत्केरी बिदा लिएर बस्दा पनि उनको जस्तै चरित्र निर्वाह गर्ने कलाकार निर्माताले नखोजेका पनि होइनन् । अहिले पनि खोजी नै रहेका छन् । तर उपयुक्र्त पात्र कोही फेला पार्न सकेका छैनन् ।

पछिल्लो एक दशकदेखि टेलिभिजनका दर्शकलाई मनोरञ्जन गराउदै आएको यो चर्चित शोबाट दयाबेनले हात झिकेपछि अब यसको टीआरपी भविष्य के हुने चर्चा सुरु भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : ४५ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार