सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय, कानुन व्यवसायीसँग छलफल | Khabarhub Khabarhub

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय, कानुन व्यवसायीसँग छलफल


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा अदालत जाने निर्णय गरेको हो ।

माओवादी केन्द्रले कानुन व्यवसायीसँग छलफल गरी यो निर्णयमा पुगेको हो । आजको बैठकले कानुन व्यवसायीको सुझाव अनुसार नै यही साता भित्र सर्वोच्चको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको नेतृ पम्फा भुसालले जानकारी दिइन ।

माओवादी केन्द्रले सर्वोच्चको फैसलाका विषयमा कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायतसँग छलफल गरेको थियो । उनीहरुले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जान उपयुक्त हुने सुझाव दिएका थिए।

उनीहरुले ६० दिनभित्र पुनरावलोकन गर्न सकिने भएकाले तत्काल पुनरावलोकन गर्न सुझाव दिएको नेता देव गुरुङले जानकारी दिए।

सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो। झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा सर्वोच्चले निर्णय सुनाउने क्रममा नेपाल कम्युनिष्‍ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको थियो। त्योसँगै सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएको निर्णय पनि सुनाएको थियो।

उक्त फैसला राजनीतिक भएको भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसलाको पुनरावलोकनमा जाने प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १२ : २० बजे

आजबाट घरकर्जा र शेयर धितो कर्जाको सीमा बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्नेगरी बुधबार क,

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ

सात करोडको लागतमा पालिका भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन