ओलीमाथि व्यंग्य गर्दै भीम रावलले सुनाए यस्तो कविता « Khabarhub

ओलीमाथि व्यंग्य गर्दै भीम रावलले सुनाए यस्तो कविता


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा नेता भीम रावलले कविता सुनाएका छन् ।

काठमाडौँमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा शुरूमै रावलले प्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गर्दै कविता सुनाएका हुन् ।

रावलले सुनाएको कविता यस्तो छ:

युवा हो उठ एक भइ जुट यो देश जोगाउन
कम्युनिस्ट मास्ने, राज्यलाई नास्ने भस्मासुर भगाउन

हामीले सोच्यौँ स्वाधिनता देशको हिमाल झै उठाउन
विश्वका सामू समाजवाद युक्त नेपाल चिनाउन

कस्तो हो तिम्रो खर्कको धार आफैलाई सिध्याउँने
न्यायका पारा श्रमशीलहरुको अहंकारमा रमाउने

शक्ति र धनको उन्मादमा तिम्ले सुखानी बिर्सेछौँ
जाली र झेली देश मारातर्फ किन हो फर्किन्छौँ

षड्यन्त्र तिम्रो फुट्ने छ तिम्रो माटोको हाँडी झै
तिरस्कार तिम्रो हुने छ यहाँ देशभक्त एक भई

रक्षाका लागि सिर्जना हाम्रो संगठित भएर
यो मातृभूमि सुरक्षित गर्ने कसम खाएर

उठाइमाथि रक्तिमा झण्डा बचाउ स्वाभिमान
चक्नाचुर पार्दै विश्वासघाती दुश्कार्य अभिमान

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १ : ४८ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः