ओलीमाथि व्यंग्य गर्दै भीम रावलले सुनाए यस्तो कविता « Khabarhub

ओलीमाथि व्यंग्य गर्दै भीम रावलले सुनाए यस्तो कविता


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा नेता भीम रावलले कविता सुनाएका छन् ।

काठमाडौँमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा शुरूमै रावलले प्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गर्दै कविता सुनाएका हुन् ।

रावलले सुनाएको कविता यस्तो छ:

युवा हो उठ एक भइ जुट यो देश जोगाउन
कम्युनिस्ट मास्ने, राज्यलाई नास्ने भस्मासुर भगाउन

हामीले सोच्यौँ स्वाधिनता देशको हिमाल झै उठाउन
विश्वका सामू समाजवाद युक्त नेपाल चिनाउन

कस्तो हो तिम्रो खर्कको धार आफैलाई सिध्याउँने
न्यायका पारा श्रमशीलहरुको अहंकारमा रमाउने

शक्ति र धनको उन्मादमा तिम्ले सुखानी बिर्सेछौँ
जाली र झेली देश मारातर्फ किन हो फर्किन्छौँ

षड्यन्त्र तिम्रो फुट्ने छ तिम्रो माटोको हाँडी झै
तिरस्कार तिम्रो हुने छ यहाँ देशभक्त एक भई

रक्षाका लागि सिर्जना हाम्रो संगठित भएर
यो मातृभूमि सुरक्षित गर्ने कसम खाएर

उठाइमाथि रक्तिमा झण्डा बचाउ स्वाभिमान
चक्नाचुर पार्दै विश्वासघाती दुश्कार्य अभिमान

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १ : ४८ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल