कटरीनासँग ब्रेकअपले रणवीरलाई करोडौं नोक्सान ! « Khabarhub

कटरीनासँग ब्रेकअपले रणवीरलाई करोडौं नोक्सान !


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता रणवीर कपूर बलिउडमा डेब्यू गर्ना साथ अभिनेत्री दीपिका पादुकोणसँगको डेटले चर्चामा आए । दीपिकासँग डेट गरे पनि त्यो डेट लामो समयसम्म चल्न सकेन ।

एबीपीलाइभमा प्रकाशित समाचारअनुसार दीपिका र रणवीरको ब्रेकअप हुनुमा तत्कालीन समयमा मिडियाले कटरीना कैफलाई दोषी ठानेका थिए । किनकी दीपिकासँग अफेयर चलिरहँदा रणवीरको नाम कटरीनासँग पनि जोडिएको थियो ।

रणवीर र कटरीना फिल्म ‘राजनीति’को सुटिङताका नजिकिएका थिए । त्यसपछि यो जोडी फिल्म ‘अजब प्रेम की गजब कहानी’मा देखिए । यही फिल्ममा काम गरुञ्जेलसम्म रणवीर र कटरीना प्रेमजोडी बनिसकेका थिए ।

यसको केही समयमा नै रणवीर र कटरीना लिभ–इन–रिलेसनमा बसे । कटरीनासँग बस्नकै लागि रणवीरले पिता ऋषि कपूर र आमा नीतु कपुरको घर छोडे ।

दुवैले मुम्बईको पाली हिल इलाकामा सिल्भर सेण्डस् नामको एक भवनमा भाडामा एक पेन्ट हाउस खरिद गरेका थिए । यो पेन्ट हाउसको हरेक महिनाको भाडा १५ लाख रुपैंयाँ थियो ।

यसबाहेक रणवीरले सेक्युरिटी डिपोजिटका लागि २१ करोड रुपैयाँ जम्मा गरेका थिए । यति मोटो रकमका अलावा उनीहरुले पेन्ट हाउसको इन्टेरियरमा पनि करोडौं खर्च गरेका थिए ।

यति रकम खर्च गर्दागर्दै पनि उनीहरुको प्रेमजीवन सफल हुन सकेन । जसको ठूलो आर्थिक नोक्सान रणवीरले व्यहोर्नु पर्यो ।

कटरीनासँगको ब्रेकअपपछि रणवीर बान्द्रास्थित हिल रोडमा रहेको विल्सन अपार्टमेन्टमा सरेका थिए । तर कटरीना भने पेन्ट हाउसमै केही समय बसिन् । त्यसपछि अर्को घर भाडामा लिएर त्यता गइन् ।

हाल रणवीर र अभिनेत्री आलिया भट्ट प्रेम सम्बन्धमा छन् । जबकी कटरीना हालको अवस्थामा ‘सिंगल’ नै छिन् । यद्यपि उनको नाम पछिल्लो पटक अभिनेता विक्की कौशलसँग जोडिएको छ । तर विक्कीसँगको सम्बन्धबारे उनले मुख खोलेकी छैनन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : २५ बजे

नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको

भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य

नयाँदिल्ली- भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढाइएको

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी

पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित : सीबीफीन

काठमाडौं– पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित भएको

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा शुक्रबार