‘पुरे पचास हजार’ बोल्न साम्भालाई यस्तो सकस « Khabarhub

‘पुरे पचास हजार’ बोल्न साम्भालाई यस्तो सकस


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– तपाईंले बलिउड फिल्म ‘शोले’ हेर्नुभएको छ भने यो फिल्मका लोकप्रिय पात्र ‘साम्भा’ले बोलेको एक संवाद ‘पुरे पचास हजार…’ अवश्य सम्झनुहुन्छ ।

यो फिल्ममा अभिनेता मेकमोहनले ‘साम्भा’को चरित्र निर्वाह गरेका थिए । मेकमोहनले बोलेको यो संवाद पछाडिको एक अनौठो किस्सा सायद कमैलाई मात्र थाहा होला ।

अमर उजालामा प्रकाशित समाचारअनुसार उनले बोलेको यो तीन शब्दको संवादको छायांकन गर्न मेकले करिब २७ पटक मुम्बईबाट बेङ्लोरको यात्रा गरेका थिए ।

यो फिल्मको सुरुवातमा उनको भूमिका केही लामो थियो । तर सम्पादनपछि उनको यो तीन शब्दको संवादमात्र जीवित रह्यो । सम्पादन पछि फिल्म हेर्दा मेक निकै निराश भएका थिए ।

‘जब मैले फिल्म शोले हेरें, तब म रुन थालें । फिल्म सकिनासाथ म सिधै निर्देशक रमेश सिप्पीको अगाडि पुगें र उनलाई मेरो यति सानो भूमिका किन राखेको भनेर सोधें । मैले ‘तपाईंले चाहनुहुन्थ्यो भने यो भूमिका पनि हटाउन सक्नुहुन्थ्यो ?’ भनेर भनें’, मेकले एक अन्तरवार्तामा भनेका छन् ।

मेकका अनुसार त्यसपछि रमेशले उनलाई ‘यदि फिल्म हिट भयो भने विश्वले तिमीलाई साम्भा नामले चिन्नेछन्’ भनेका थिए ।

मेकले आफ्नो करियरमा ‘डन’, ‘कर्ज’, सत्ते पे सत्ता’, ‘जंजीर’, ‘रफूचक्कर’, ‘शान’, ‘खून पसीना’ जस्ता हिट फिल्ममा अभिनय गरेका थिए । तर पहिचान भने फिल्म ‘शोले’बाट पाए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १ : ४५ बजे

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा