संसदीय समितिले अपर तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गर्ने « Khabarhub

संसदीय समितिले अपर तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गर्ने


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय समितिले निर्माणाधीन अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्ने भएको छ ।

सिंहदवारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले अपर तामाकोशीको निर्माण र  विद्युत  उत्पादन क्षमताका विषयमा अध्ययन गर्न स्थलगत अवलोकन गर्ने निर्णय गरेको हो ।

स्थलगत अवलोकनका लागि सभापति पूर्णकुमारी सुवेदी लगायत घनश्याम खतिवडा, दिलबहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी लगाएतका सांसदहरु छिटै त्यसतर्फ जाने समितिले जनाएको छ ।

अध्ययन भ्रमणमा आउनका लागि आयोजनाले निरन्तर आग्रह गरेको र समितिको कार्यक्षेत्रभित्रको काम पनि भएकाले अवलोकनमा जाने निर्णय गरिएको समिमित सभापति सुवेदील बताए ।

उनले तामाकोशी मात्र नभइ निर्माण शुरु भइ समयमा नै सम्पन्न हुन नसकेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरिने जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले जलविधुत आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्नुको कारणबारे अध्ययन गर्नुपर्ने बताए ।

सांसद घनश्याम खतिवडाले अपर तामाकोशी भनिएको भन्दै बढि लागत र बढि समय लागेकाले त्यसका बारेमा जानकारी लिनुपर्ने बताए ।त्यस्तै सांसद राधा ज्ञवालीले भूकम्प र बाढिले गर्दा समस्या देखिएपछि समयमा नै अपर तामाकोशी सम्पन्न नहुनु दुखद भएको बताए ।

उनले अन्य बन्न नसकेका आयोजनाका बारेमा पनि समितिले चासो व्यक्त गर्नुपर्ने जिकिर गरे ।

दोलखा जिल्लामा निर्माणाधीन बहुप्रतिक्षित अपर तामाकोशी जलविद्युत आयोजना निर्माणमा पटकपटक ढिलाई हुँदा लागत सुरुको लागतभन्दा दोब्बर पुगिसकेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ५९ बजे

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हावाहुरीको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

पात्र निर्माणमा अल्छी भएका हुन् विपिन ?

काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ २ गते शनिबार। जेठ

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा