धर्नास्थलमा पुगेर गृहमन्त्रीले भने : टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट हुन्छ « Khabarhub

धर्नास्थलमा पुगेर गृहमन्त्रीले भने : टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट हुन्छ


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले कैलालीको टिकापुर घटनाको समाधान राजनीतिक तवरले हल गरिने आश्वासन दिएका छन् ।

निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्ने लगायतका माग राख्दै काठमाडौँको माइतीघरमा धर्नामा बसेका थारु अगुवालाई भेट्‍न पुगेका गृहमन्त्री थापाले कैलालीको टिकापुर घटनाको समाधान निकाल्न सरकार सकारात्मक भएको बताएका हुन् ।

गृहमन्त्री थापाले सरकारले छिटै वार्ता टोली गठन गर्ने भन्दै छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरे । उनले सबै समस्याको हल छलफल र वार्ताबाटै छिटो गरिने जानकारी दिए ।

टिकापुर घटनामा मृत्यु भएकालाई शहीद घोषणा गर्नुपर्ने, न्यायिक छानविन हुनुपर्ने, पिछडा वर्गलाई उचित आरक्षणको व्यवस्था हुनुपर्ने आफूहरूको माग रहेको र सरकारले वार्ता गर्ने आश्वासन दिएको थारु नेतृ रुक्मणी चौधरीले जानकारी दिइन् ।

थारु कल्याणकारिणी सभा लगायतले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : २७ बजे

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका