आगलागीबाट २० लाखको क्षति « Khabarhub

आगलागीबाट २० लाखको क्षति


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा आगलागी हुँदा २० लाखको क्षति भएको छ ।

स्थानीयवासी प्रभु ऋषिदेवको घरमा रहेको विद्युतीय मिटरबाट लाइन चुहिएर बिहीबार साँझ आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा परेर स्थानीयवासी प्रभु ऋषिदेव, चोकी ऋषिदेव, विजय ऋषिदेव, सञ्जय ऋषिदेव, बाबुराम ऋषिदेव, लक्ष्मण ऋषिदेव र लवदिया ऋषिदेव गरेर सात परिवारको ११ घर जलेर पूर्णरूपले नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा स्थानीयवासीको घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा फर्निचरका सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको छ ।

स्थानीयवासी, प्रहरी र विभिन्न ठाउँबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । सदा समुदायको बसोबास रहेको बस्तीमा आगोले सबै थोक खरानी बनाइदिएपछि उनीहरु खुला अकाशमा बस्न बाध्य भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ३० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले