‘बेनीको बजार,जता मायाँ उतै छ नजर’ का सर्जक श्रेष्ठको निधन | Khabarhub Khabarhub

‘बेनीको बजार,जता मायाँ उतै छ नजर’ का सर्जक श्रेष्ठको निधन


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ ।

जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो ।

‘बेनीको बजार,जता मायाँ उतै छ नजर’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो ।

श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेरसमेत चिनिन्छ ।

लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गरिरहेका थिए । उनको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन् ।

मिर्गौलासम्बन्धी समस्या झेलिँरहदासमेत श्रेष्ठ साङ्गीतिक क्षेत्रसँग नजिक थिए । तबला, हार्मोनियम लगायतका थुप्रै बाजा बजाउन जानेका श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम थिए ।

विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार,जता मायाँ उतै छ नजर’ बोलको गीत गाएका थिए ।

सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बताए । त्यसपछि सोही गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : १५ बजे

माओत्सेतुङले चिनेको कम्युनिष्ट राजा

नेकपा (एमाले) अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनकै

भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर 

भोजपुर– दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने  लक्ष्यले भोजपुरको

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि हुने

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि

म्याग्दीमा ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक

दक्षिणी सुडानका आप्रवासी डिपोर्ट गर्ने विषयमा ट्रम्पको चासो

वाशिङ्टन – एक अमेरिकी न्यायाधीशले दक्षिणी सुडानका आप्रवासीलाई डिपोर्ट गर्ने