जो सौतेनी आमा बन्दा खुशी छन् « Khabarhub

जो सौतेनी आमा बन्दा खुशी छन्


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा कुनै एक अभिनेताको एक भन्दा बढी अफेयर हुनु सामान्य मानिन्छ । यही क्रममा बलिउड लाइफले विवाहित पुरुषको परिवारलाई प्रेम दिनका लागि उनीहरुसँग विवाहको निर्णय लिएका अभिनेत्रीहरुको समाचार तयार पारेको छ ।

यी अभिनेत्रीहरुले विवाहित पुरुषको श्रीमतीसँगै एक असल सौतेनी आमाको भूमिका पनि निर्वाह गरेका छन् ।

बलिउडकी ‘बेबो’का रुपमा परिचित अभिनेत्री करिना कपूर हालैमात्र दोस्रो सन्तानको आमा बनिन् । अभिनेता सैफ अली खानसँग विवाह गरेपछि उनी दुई छोराकी आमा बनेकी हुन् । त्यसो त उनी सारा अली खान र इब्राहिम अली खानका सौतेली आमा पनि हुन् ।

बलिउड दिवंगत अभिनेत्री श्रीदेवी सुन्दरतासँगै अभिनयमा पनि उत्तिकै लोकप्रिय थिइन् । उनको नाम निर्माता बोनी कपुरसँग जोडिएपछि उनलाई कतिपयले ‘होम ब्रेकर’ र ‘स्टेप मम’ सम्मको ट्याग दिए ।

बोनी पहिले नै विवाहित र दुई सन्तानका पिता थिए । बोनीसँग श्रीदेवीले जब विवाह गरिन्, त्यो समयमा बोनीको अर्जुन र अंशुला कपूर सन्तान थिए । यद्यपि, अर्जुन र अंशुलाले कहिल्यै पनि श्रीदेवीलाई आफ्नो सौतेली आमाको रुपमा व्यवहार गरेनन् । श्रीदेवीबाट जाह्नवी र खुशी कपुरको जन्म भएको थियो ।

आफ्नो समयको चर्चित अभिनेत्री फराह नाज आज मूलधारबाट टाढिएकी छन् । उनको पहिलो विवाह विन्दु दारा सिंहसँग भएको थियो । उनीहरुबाट एक छोरा फतेह सिंह रंधावाको जन्म भएको थियो ।

तर विन्दुसँग सम्बन्धविच्छेद पछि फराहले सुमित सहगलसँग विवाह गरिन् । जो एक छोरी सायशा सहगलकी पिता थिए । फराह सायशाको सौतेनी आमा हुन् ।

प्रख्यात लेखक जावेद अख्तरसँग विवाह गरेपछि अभिनेत्री शबाना आजमी फरहान र जोया अख्तरकी आमा बनेकी छन् । तर उनीहरुले शबानालाई आफू उनीहरुको सौतेनी आमा भएको अनुभव कहिल्यै गर्न दिएनन् ।

बलिउडका ‘हिमेन’का रुपमा परिचित अभिनेता धर्मेन्द्रसँग विवाह गरेपछि अभिनेत्री हेमा मालिनी दुई छोरा सनी र बबी देओलको सौतेनी आमा बनेकी थिइन् । यो विवाहपछि धर्मेन्द्र र हेमाबाट दुई छोरी ईशा र अहानाको जन्म भयो ।

अभिनेत्री शिल्पा सेट्टीले एनआरआई व्यापारी राज कुन्द्रसँग विवाह गरिन् । शिल्पासँग विवाह अघि राजको पहिलोबाट एक छोरीको जन्म भएको भइसकेको थियो । शिल्पाको एक सौतेली छोरी र आफ्ना दुई सन्तान वियान तथा समीषा छन् ।

अभिनेत्री दिया मिर्जाले यसै वर्षको फेब्रुअरी १५ मा मुम्बईका व्यापारी वैभव रेखीसँग विवाह गरिन् । यसअघि उनले साहिल सांघासँग विवाह गरेकी थिइन् । यो विवाहबाट दीयाको कुनै सन्तान छैन ।

तर उनले सौतेनी आमाको सुख पाएकी छन् । वैभव एक छोरी समायराका पिता हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ५५ बजे

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख