अनुहार तथा छालाको सुरक्षा गर्ने घरेलु उपाय « Khabarhub

अनुहार तथा छालाको सुरक्षा गर्ने घरेलु उपाय


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरमा भएको छालाले हाम्रो भित्री अंगहरुको सुरक्षा गर्दछ । तर यहि छालाको भने विशेष ख्याल पुर्याउन सकिएन भने यसमा असर पर्ने गर्दछ । गर्मीमा अत्यधिक तापमान र सूर्यको तेज किरणका कारण छाला शिथिल हुन्छ । यसबाट टेनिङ, एलर्जी, चायाँ, पोतो लगायतका समस्या देखा पर्दछ ।

छालामा देखिने यी समस्याबाट बच्न गर्मीमा दैनकि दुई पटक नुहाउनुपर्छ । यसो गर्दा पसिनाको दुर्गन्ध र त्यसबाट हुने इन्फेक्सनमा कमी आउँछ । साथै घामतर्फ र्फकदा माइल्ड फेस क्लिन्जर तथा चिसो पानीले अनुहार धुनुपर्छ ।

यदि फेसियल गर्नपरे घरभित्रै काँक्रोको रस, एलोबेराको जुस, कागती, मिल्क पाउडर, दही, बेसार, चन्दन पाउडर, गाजर, मह, पुदिना तथा तुलसीका पातको लेप बनाएर यसबाट गर्नु पर्दछ । यसले गर्मीमा छालालाई राहत प्रदान गर्छ ।

तैलीय छालाकालागि दूध, मह र कागती मिसाएर अनुहारमा लगाउनुपर्छ र १५ मिनेटसम्म त्यसै छोड्नुपर्छ । यो प्राकृतिक ब्लिच हो । यो तैलीय छालाकालागि उपयुक्त मानिन्छ ।

पिम्पल्स हटाउन काँक्राको रसमा कागती, बेसार र चन्दन पाउडर मिसाएर अनुहारमा लगाएपछि १५ मिनेटसम्म रहन दिएर धुनु पर्दछ । यसमा तुलसी वा पुदिनाको पातको पाउडर मिसाएमा लाभ बढि मिल्दछ । यो लेपले शीतलता प्रदान गर्नुका साथै मरेका कोष, संक्रमण फैलाउने कीटाणु समेत हटाएर रोमछिद्र समेत खोल्दछ ।

अनुहार चिलाउने समस्या भएमा एलोबेरा जुसमा गुलाबजल मिसाएर प्रयोग गर्नुपर्छ । यसले टोनिङ र क्लागिङलाई टाढा राख्छ । यसबाट स्किन एलर्जी, र्‍यासेस एवं चिलाउने समस्या पनि हट्छ ।

घाममा बाहिर निस्कनु परे १५ मिनेट सनब्लक लोसन लगाउनुपर्छ । केलामाइन लोसन, टाइनेनियम डाइ अक्साइड तथा जिन्क अक्साइड लोसनले पनि छालाको सुरक्षा गर्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  २ : १७ बजे

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य