नुन : स्वादसँगै तनाव नियन्त्रण गर्न पनि उपयोगी « Khabarhub

नुन : स्वादसँगै तनाव नियन्त्रण गर्न पनि उपयोगी


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुन बिनाको खानाको कल्पना मात्र गर्दा यसको बेस्वादले मनमा आउँछ । त्यसैले हरेक भान्सामा नुन अनिवार्य रहने गर्दछ । नुनको उपयोगिता भान्सामा खानाको स्वाद बढाउन मात्रा छैन वास्तु शास्त्रमा समेत यसको अहम भुमिका रहेको छ ।

ज्योतिष शास्त्र र वास्तुमा केवल एक चिम्टि नुनका भरमा घरको नकारात्मक उर्जा नष्ट गर्न सकिने मान्यता छ । घरमा भएको नकारात्मक उर्जा नष्ट गर्ने मात्र होइन नुनले सकारात्मक उर्जा समेत बढाउँछ । जसका कारण सुख–समृद्धि आउने, मानसिक शान्ति बनी रहने र पैसाको अभाव नष्ट भएर जाने मान्यता छ । साथै परिवारका सदस्यबीच आपसी माहौल अझ सुमधुर हुने धार्मीक मान्यता छ । यस अलावा नुनको अरु उपादेयीता के छ ?

१. घरमा सकारात्मक ऊर्जाको माहौल बनाउन र नकारात्मकता नष्ट गर्न साथै परिवारका सदस्यबीचको घरझगडाबाट बच्न घरमा पोछा लगाउँदा त्यस पानीमा एक चिम्टि नुन हालेर पोछा लगाउनु होस् । यसले माथिका समस्या नष्ट भएर जानेछ ।

२. घरमा नुन राख्ने भाडाका कारण पनि वास्तुमा गहिरो प्रभाव पर्दछ । नुनलाई कहिल्यै स्टील वा फलामको भाडाँमा राख्नु हुदैँन । नुनलाई हमेशा काँचको भाँडामा वा जारमा राख्नु पर्दछ । यसो गरेमा घरमा सुख शान्ती आउने धार्मीक मान्यता छ । साथै आर्थिक अभावबाट समेत बच्न सकिन्छ ।

३. कैयौं पटक घरमा राहुको प्रभावको कारणले पनि नकारात्मक उर्जा सञ्चार हुने गर्दछ । जसका कारण परिवारका सदस्यहरु बिरामी पर्ने गर्दछन् । यसबाट बच्ने काँचको कचौरामा सिंधे नुनलाई भरेर बाथरूममा राख्नु पर्दछ । यो प्रक्रिया हरेक १५ दिनमा दोहोराइ रहनु पर्दछ । अर्थात नुनलाई १५ दिनको अन्तरालमा बदल्नु पर्दछ ।

४. यदि मानसिक शान्ति प्राप्त भइरहेको छैन, कुनै तनाव बढेको छ वा काममा रुची गएको छैन भने यी समस्याको समाधानमा समेत नुन उपयोगी रहन्छ । यस्ता समस्यामा नुहाउने पानीमा एक चिम्टि नुन हालेर त्यसले नुहाउने गर्नु पर्दछ । साथै रातमा सुत्नु अघि नुनपानीले हातखुट्टा धुनु पर्दछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  २ : ४६ बजे

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी