होलीमा खेलिने कुन रंगको कस्तो असर ? « Khabarhub

होलीमा खेलिने कुन रंगको कस्तो असर ?


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीमाझ होली पर्व नजिकिएको छ । उमंगको यो पर्व पहाडी जिल्लामा चैत १५ गते र तराईका जिल्लामा चैत १६ गते मनाइदैछ । तर रंगहरुको यो पर्वमा केहि सावधानी भने अपनाउनु पर्दछ । अन्यथा जथाभावी रंग खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्या आउनसक्छ । लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ । साथै रंगले दमका रोगीहरूलाई बढी दुःख दिन्छ ।

स्मरण रहोस्, होलीमा खेलिने रंग, अबिर आदिमा प्रायः रसायन मिसाइएको हुन्छ । जसको प्रयोगले छाला पोल्ने वा छालाको रंग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्या देखिन सक्छ । रंगको बढी उपयोगले छाला सुक्खा हुने तथा रंगमा भएका रसायनले छालाको भित्री सतहलाइ नोक्सान पु¥याउँछ ।

होलीको रंगमा, हरियो रंग कपर सल्फेट (नीलो तुथो), बैजनी रंग क्रोमियम आयोडाइड, चम्किलो रंग एल्मुनियम ब्रोमाइड, नीलो रंग पर्सियन ब्लु र रातो रंग मर्करी सल्फेटबाट बन्छ । यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छन् ।

हरियो रंगले आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ । साथै छाला रोग पनि हुन सक्छ । यस्तै, बैजनी रंगले दम र एलर्जी हुन सक्छ । चम्किलो रंग क्यान्सरको कारक बन्न सक्छ । नीलो रंगले छालामा एलर्जी गराउन सक्छ । रातो रंगले छालाको क्यान्सर हुन सक्छ । त्यसैले होलीमा रंग खेल्दा विशेष सावधानी अपनाउन आवश्यक छ । साथै अरुलाई असर नपर्ने गरी होली खेल्नु पर्दछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : २० बजे

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा