महन्थ ठाकुरको प्रश्न : ओली सरकारलाई समर्थन गरिरहेको माओवादीले हामीलाई दोष दिन मिल्छ ? (भिडियोसहित) « Khabarhub

महन्थ ठाकुरको प्रश्न : ओली सरकारलाई समर्थन गरिरहेको माओवादीले हामीलाई दोष दिन मिल्छ ? (भिडियोसहित)


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंले देशमा संकट आएको बताएका छन् । आज बृहत् नागरिक आन्दोलनले गरेको कार्यक्रममा बोल्दै नेता ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंका कारण मुलुक संकटमा परेको बताएका हुन् ।

उनले अहिले नयाँ सरकार निर्माणमा जसपा मुख्य भूमिकामा छ भनिए पनि मुलुक संकटमा परेका बेला आफूहरुको खोजी भएको बताए । ‘मुलुकमा संकट आउँदा मात्रै हाम्रो जरुरत पर्छ । अरुबेला हाम्रो खोजी हुँदैन,’ उनले भने । नेता ठाकुरले ओली सरकारमा भएका कारण आफूहरूले अहिले ओलीसँग वार्ता गरिरहेको भए पनि प्रचण्डले जस्तो ओली सरकारलाई समर्थन नगरेको बताए ।

उनले सरकारमै ओली भएका कारण उनीसँग मधेस र मधेशी जनताको माग पूरा गर्न वार्ता भइरहेको बताए । ‘ओलीलाई समर्थन तपाईंहरू (प्रचण्ड)ले गर्नुभएको छ, आरोप हामीमाथि ?’, ठाकुरले प्रश्न गर्दै भने, ‘हामीले त मधेस र मधेशी जनताको माग पूरा गर्न प्रधानमन्त्रीसँग वार्ता गरिरहेका छौं । हामीले प्रधानमन्त्रीलाई समर्थन गरेका छैनौँ, विरोध पनि गरेका छैनौँ । ’

नेता ठाकुरले आफूहरूले उठाएको माग सम्बोधनका लागि जसले सम्झौता गर्छ उसलाई सहयोग गर्ने पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीले आफूहरूको माग पूरा गरिदिने बताएको पनि जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले हाम्रो माग पूरा गर्छु भन्नु भएको छ । तर हामी लिखित रुपमा सम्झौता भयो भने मात्र विश्वास गर्छौं ।’

अहिलेको परिस्थितिप्रति कांग्रेस सभापति शेरबहादुर देउवा गम्भीर नभएको उनको आरोप छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : ५८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको