नेपालका हिमचितुवा घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि | Khabarhub Khabarhub

नेपालका हिमचितुवा घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका छन् ।

जापानको टोकियो शहरमा आइतबार सम्पन्न सो महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका हुन् ।

विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइने गरिन्छ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल कम उमेरका सो प्रतियोगिता हात पार्ने पहिलो नेपाली युवा खेलाडी बन्ने सौभाग्यसमेत प्राप्त गरेका छन् ।

दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युव च्यानलमार्फत विश्वभर प्रत्यक्ष हेरिएको थियो । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका छोरा अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए । महोत्सवको उपाधि हात पारेपछि अबिरलले सामाजिक सञ्जालमा भनेका छन्, “यो नेपालीका लागि ऐतिहासिक विजय हो । के वान फेस्टिबल २०२१’ को उपाधि हात पार्नु मेरा लागि आफैँमा प्रतिष्ठाका विषय हो । म मेरा पिता देवकुमारलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका उनले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’समेत भएका थिए । २१ वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनी विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ५९ बजे

सरकार हिंसात्मक भएपछि इजरायलमा विरोध

इजरायल – गाजामा इजरायली आक्रमण थप हिंसात्मक चरणमा प्रवेश गरेपछि

क्षेत्राधिकार कटौतीमा परेको बृहत्तर बराहक्षेत्र विकास समितिले के काम गर्ला ?

काठमाडौं- सुनसरी, उदयपुर र धनकुटा जिल्ला कार्यक्षेत्र रहेको बृहत्तर बराहक्षेत्र

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

भोजपुर– सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको  मुन्दुम पदमार्गका

वेस्ट इन्डिजविरुद्ध आयरल्यान्डको फराकिलो जित

काठमाडौं – आयरल्यान्डले वेस्ट इन्डिजसँगको एक दिवसीय खेलमा फराकिलो अन्तरको

राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु

दाङ– दाङको राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ