आँचललाई ‘दाल, भात तरकारी’ बाट आश ! « Khabarhub

आँचललाई ‘दाल, भात तरकारी’ बाट आश !


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा आफ्ना फिल्मका कारणले भन्दा पनि बढी व्यक्तिगत जीवनका कारण चर्चामा रहने गर्छिन् । यी सुन्दरी नायिकाले खासै धेरै फिल्ममा अभिनय गरेकी छैनिन् । यसअघि उनले ‘शत्रु गते’ मा अभिनय गरेकी थिइन् । यो फिल्मबाट उनले धेरथोर चर्चा पनि पाइन् । त्यसपछि केही समय उनी फिल्ममा देखिइनन् ।

बरु ‘शत्रु गते’ मा कलाकारको ठूलो समूह भएकाले आँचलको खासै चर्चा नभएको भन्ने चर्चा चल्यो ।

अहिले भने उनी अभिनित फिल्म ‘दाल, भात, तरकारी’ को चर्चा छ । फिल्मले एक किसिमले राम्रै हाइप बनाइरहेको छ । चलचित्र यही वैशाख २० गतेदेखि प्रदर्शन हुँदैछ । आँचलले यो फिल्मबाट आशा गरेकी छिन् । मह जोडीसँगै रहेर यसअघि नै काम गरे पनि यो फिल्ममा आँचल शर्मालाई अर्का अभिनेता पुष्प खड्कासँग देख्न सकिनेछ ।

ट्रेलर र गीतबाट राम्रै चर्चा पाएको यो फिल्मबाट आँचलले राम्रै चर्चा पाउने अपेक्षा गरिएको छ । अभिनेता पल शाहसँग नाम जोडिएर चर्चामा आइरहने यी नायिका फिल्मका कारणले पनि चर्चामा आऊन् भन्ने उनका फ्यानले आश गरेका छन् । तर, आँचल भने चर्चामा आउनुको कारण अभिनय भन्दा पनि ‘लभ लाइफ’ नै हुने गर्छ ।

यसअघि पल र आँचलको जोडी रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ व्यापारिक दृष्टिमा फ्लप भएको थियो । यो जोडीलाई म्युजिक भिडियोमा भने दर्शकले खुबै रुचाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १ : १६ बजे

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

सिरहा – सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान