काठमाडौँका धारामा आउन थाल्यो मेलम्चीको पानी (भिडियोसहित) « Khabarhub

काठमाडौँका धारामा आउन थाल्यो मेलम्चीको पानी (भिडियोसहित)


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा वितरण शुरु गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम आइतबार शुरु गरेको हो ।

आयोजनाको महाँकाल चौरमा भण्डारण गरेर राखिएको पानी दिउँसो ठीक २ बजे काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल) का निर्देशक मिलन शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महाँकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ चाबी खोलेर वितरण गरेका हुन् ।

केयूकेएलले आइतबार काठमाडौंको महाँकाल लगायत विभिन्न क्षेत्रमा पानी वितरण सुरु गरेको जानकारी दिएको हो । केयूकेएलका प्रवक्ता राईले चाबहिलको महाँकाल चौरको ट्यांकीबाट दुई बजेदेखि पानी वितरण सुरु गरेको बताए ।

‘मेलम्चीको खानेपानी वितरण गरिरहेका छौं । चाबहिलको महाँकाल चौरको ट्यांकीबाट दिउँसो २ बजेदेखि वितरण थालिएको हो, पानी उपभोक्ताको धारा–धारामा झरिसकेको छ ।’

हेरौँ भिडियो

देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका धारामा पानी आएको काठमाडौँ केयुकेएलले जनाएको छ ।

हाल पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धारामा दिइने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छाइएको नयाँ पाइपलाइनमा परीक्षण गर्दै लैजाने लिमिटेडको योजना छ ।

उपत्यकामा पहिलोपटक आइतबारदेखि पानी वितरण गरिएको हो । केयूकेएलको अहिले परीक्षणका लागि पुरानै प्रणालीबाट पानी वितरण गरेको जनाएको छ ।

सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरी वितरण प्रक्रिया थालेको केयूकेलले जानकारी दिएको छ ।

परीक्षणअवधिमा उपत्यकामा रहेका रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै पानी वितरणको तयारी भएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए।

मेलम्चीको पानी २६ किलोमिटर सुरुङमार्गमार्फत गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको थियो । आर्थिक वर्ष २०५५/५६ देखि मेलम्ची परियोजना सुरु भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ७ : १५ बजे

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क