होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते « Khabarhub

होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — काठमाडौँको शंखरापुर नगरपालिकामा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन बालबालिका घाइते भएका छन् ।

आइतबार शंखरापुर नगरपालिकाको वडा नम्बर १ स्थित सरस्वती दूध उत्पादन सहकारी संस्थामा राखिएको एसिडलाई पानी सम्झेर छ्याप्दा ३ जना घाइते भएका हुन् ।

एसिड लागेर ९ वर्षीय विशाल तामाङ, ११ वर्षीय सविन तामाङ र १६ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि साँखुको सुश्मा कोइराला मेमोरिय अस्पतालमा राखिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए ।

पानी भनेर एसिड छ्याप्ने २ जना युवकसहित डेरी सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

‘डेरीमा दूधको फ्याट चेक गर्न एसिड प्रयोग गर्दा रहेछन् । त्यही एसिडलाई पानी सम्झेर उनीहरूले छ्यापेछन् । दुई युवकसहित एसिडलाई सहजै पहुँचमा राख्ने डेरी सञ्‍चालकलाई पनि पक्राउ गरेका छौं,’ एसएसपी सिंहले भने ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : ४३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको