ललिता निवास प्रकरण : नेपाल र भट्टराई नेतृत्वको सरकारले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश « Khabarhub

ललिता निवास प्रकरण : नेपाल र भट्टराई नेतृत्वको सरकारले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणबारे माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयालको इजलाशले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई नेतृत्वले गरेको निर्णयको सक्कल निर्णय झिकाउने आदेश सुनाएको हो ।

ललित निवास प्रकरणमा पूर्वप्राधनमन्त्रीहरू नेपाल र भट्टराईविरुद्ध समेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए । भट्टराईको रिट २०७६ माघ २९ मा दर्ता भएको थियो ।

यसअघि, यही मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले २०७६ साल फागुन २ गते कारण देखाउ र अग्राधिकार दिने आदेश जारी गरेका थिए ।

त्यसको एकवर्षपछि गत फागुन २ गते नै न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलाशले प्रमाण झिकाउने आदेश जारी गरेको थियो ।

यस्तो छ आदेश

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ५९ बजे

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

एजेन्सी– दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू-भागमा

गौरीशंकरको टासिनाममा फल्यो स्याउ, पहिलो उत्पादनमै रोग-कीराको जोखिम !

दोलखा– जिल्लाको उत्तरी हिमाली क्षेत्र गौरीशंकर गाउँपालिका–९ टासिनाममा पहिलोपटक स्याउ