शिक्षण संस्था बन्द भएपनि परीक्षा नरोकिने « Khabarhub

शिक्षण संस्था बन्द भएपनि परीक्षा नरोकिने


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभरका सबै शैक्षिक संस्था चार दिनसम्म बन्द भए पनि हाल सञ्चालनमा रहेका परीक्षा भने नरोकिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर मंगलबारबाट वातावरण प्रदूषणका कारण चार दिनसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय भए पनि परीक्षा भने यथावत सञ्चालन हुने जानकारी दिएको हो ।

‘पूर्व-निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विद्यालयहरू तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछन्’ विज्ञप्तिमा भनिएको छ ।

केही दिन यता वायुमण्डलमा देखा परेको अस्वाभाविक वातारणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय भएको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ३५ बजे

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’