बंगलादेशविरुद्धको खेलमा यी ११ नेपाली खेलाडी मैदानमा उत्रिँदै « Khabarhub

बंगलादेशविरुद्धको खेलमा यी ११ नेपाली खेलाडी मैदानमा उत्रिँदै


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय फुटबलको फाइनल खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ५ : ३० बाट सुरु हुनेछ ।

बंगलादेशविरुद्धको खेलको लागि नेपालले आफ्नो सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरेको छ । यसअघिका दुई खेलमा एउटै प्लेइङ सेट राखेको नेपालले आज भने दुई खेलाडीलाई परिवर्तन गरेको हो ।

सुरुवाती ११ खेलाडीको सूचीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् ।

त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : १३ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर