बंगलादेशविरुद्ध नेपालले गोल गर्दा प्रधानमन्त्री उत्साहित « Khabarhub

बंगलादेशविरुद्ध नेपालले गोल गर्दा प्रधानमन्त्री उत्साहित


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो गोल गर्दा खेल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली निकै उत्साहित बनेका छन् ।

खेलको १८ औँ मिनेटमा संजोग राईले गोल गरेपछि दशरथ रंगशालाको विशिष्ट कक्षमा बसेर खेल हेरिरहेका प्रधानमन्त्री ओली आसनबाटै उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरिरहे ।

डी एरियामा पाएको बललाई राईले गोलमा परिणत गरेपछि प्रधानमन्त्री ओलीसँगै नेपाली दर्शक निकै हर्षित देखिए ।
उनीहरुले नेपाली खेलाडीहरुलाई हुटिङमार्फत थप उर्जा दिइरहेका छन् ।

नेपाली खेलाडीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् ।

त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : १७ बजे

आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि

ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीमा एकै दिन