बंगलादेशविरुद्ध नेपालले गोल गर्दा प्रधानमन्त्री उत्साहित « Khabarhub

बंगलादेशविरुद्ध नेपालले गोल गर्दा प्रधानमन्त्री उत्साहित


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो गोल गर्दा खेल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली निकै उत्साहित बनेका छन् ।

खेलको १८ औँ मिनेटमा संजोग राईले गोल गरेपछि दशरथ रंगशालाको विशिष्ट कक्षमा बसेर खेल हेरिरहेका प्रधानमन्त्री ओली आसनबाटै उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरिरहे ।

डी एरियामा पाएको बललाई राईले गोलमा परिणत गरेपछि प्रधानमन्त्री ओलीसँगै नेपाली दर्शक निकै हर्षित देखिए ।
उनीहरुले नेपाली खेलाडीहरुलाई हुटिङमार्फत थप उर्जा दिइरहेका छन् ।

नेपाली खेलाडीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् ।

त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : १७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको