कारबाही गर्ने अधिकार ओलीलाई छैन, मैदान छाडेर भाग्दैनौँ : नेता नेपाल « Khabarhub

कारबाही गर्ने अधिकार ओलीलाई छैन, मैदान छाडेर भाग्दैनौँ : नेता नेपाल


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिँदै पत्र पठाएपछि उनले ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका हुन् ।

उनले अध्यक्ष ओलीलाई ‘गुटको मात्र अध्यक्ष’ भएको दावी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् , ‘सञ्चार माध्यममा आएअनुसार आज म र कमरेड भीम रावललाई निलम्बन गरिएको भन्ने कुरालाई म अस्वीकार गर्दछु ।’

उनले ओलीले विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु ।

उनले टुक्रा–टुक्रामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको आफूहरुले नै गरेको बताउँदै यसको रक्षा पनि आफूहरुले नै गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अत: निराश होइन दृढ बनेर कम्युनिस्ट आन्दोलनको रक्षा गरौं ।’

उनले फेसबुकमा यस्तो लेखेका छन्–

सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित…

Posted by माधव कुमार नेपाल – Madhav Kumar Nepal on Monday, 29 March 2021

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ४० बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग