४ वर्ष अगाडिको हत्या घटनामा बल्ल अनुसन्धान शुरु « Khabarhub

४ वर्ष अगाडिको हत्या घटनामा बल्ल अनुसन्धान शुरु


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको ४ वर्षपछि प्रहरीले बल्ल अनुसन्धान शुरु भएको छ । ७ फागुन २०७१ मा नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो ।

आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही शङ्कास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको थिएन ।  लामो समयसम्म छोराको हत्यारालाई पक्राउ नगरिएको भन्दै पाण्डेकी आमा विष्णुकुमारी पाण्डे न्यायका लागि मानवअधिकारवादी र पत्रकारलाई गुहार्दै आएकी थिइन् ।

सो घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले विशेष चासो देखाएर अनुसन्धान अघि बढाएपछि गत शुक्रबार किटानी जाहेरीपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै ३ जनालाई आइतबार पक्राउ गरेको हो । आयोगको पहलमा प्रदेशको एसआइटीले समेत विशेष चासो देखाएर अनुसन्धान थालेपछि जिल्ला प्रहरी कार्यालयले आरोपीलाई पक्रन बाध्य भएको हो ।

पाण्डेको हत्याको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्धि श्रेष्ठ तथा उनका साथी पोखरा ९ बस्ने ध्रुव मानन्धर र ध्रवका दाइ रामचन्द्र मानन्धरलाई पक्राउ गरेको छ ।

उनीहरुलाई सोमबार म्याद थप गरेर कास्की प्रहरीको हिरासत कक्षमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : ४९ बजे

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले