वायु प्रदूषण नहटेपछि आजदेखि चार दिन विद्यालय बन्द | Khabarhub Khabarhub

वायु प्रदूषण नहटेपछि आजदेखि चार दिन विद्यालय बन्द


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वायु प्रदूषणका कारण देशभरका सबै शिक्षण संस्थाहरू आजदेखि चार दिनलाई बन्द गरिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले शुक्रबारसम्म चार दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम आजदेखि शुक्रबारसम्मलाई विद्यालय बन्द गरिएका हुन् ।

बढ्दो प्रदूषणले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलतालाई ध्यानमा राख्दै शिक्षण संस्था बन्द गरिएको हो ।

शुक्रबारदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । बाक्लो तुवालोका कारण आँखा पोल्ने समस्या देखिएको छ । साथै स्वासप्रवासमा पनि समस्या देखिने भएकाले सरोकारवाला निकायले घर भित्रै बस्न सुझाव दिएका छन् ।

जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : ५९ बजे

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड (तस्बिरहरू) 

काठमाडौं– आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका

कर्णालीमा अझै ५० ठाउँमा तुइन

सुर्खेत– तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको

भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको कमब्याक

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा

दुई नेपाली फिल्मलाई ६ शो, हलमा १२ वटा विदेशी फिल्म

काठमाडौं – प्रदर्शनका हिसाबले असार महिना नेपाली फिल्मका लागि खासै

रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बीमा दाबी

काठमाडौं– रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक