नेकपा नामसम्बन्धी माओवादी केन्द्रले गरायो पुनरावलोकन निवेदन दर्ता [निवेदनसहित] « Khabarhub

नेकपा नामसम्बन्धी माओवादी केन्द्रले गरायो पुनरावलोकन निवेदन दर्ता [निवेदनसहित]


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ ।

नेकपा नाम ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र) ले पुनरावलोकन निवेदन दिएको हो ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्चमा पुगेर पुनरावलोकन निवेदन दर्ता गराएका हुन् ।

अब निस्सा दिने वा नदिनेबारे पेशी तोकिने छ । उक्त पेशी तीन जना न्यायाधीशको इजलासमा तोकिने छ । यसअघि दुईजना न्यायाधीशको इजलासले फैसला सुनाएकाले सोभन्दा ठूलो इजलाशले सुनुवाइ गर्नुपर्ने छ ।

दाहालसँगै वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङसमेत सर्वोच्च पुगेका थिए ।

निवेदन दर्तापछि उनले विगतमा पनि कतिपय फैसला पुनरावलोकनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको बताए । ‘हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानमा नेपाल जाँदैछ । यस्तो बेलामा एकताबद्ध भइसकेका दललाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले त्यसलाई सच्याउने छ भन्ने हामीलाई विश्वास छ’, प्रचण्डले भने।

नाम सम्बन्धमा रिट निवेदकको निवेदनभन्दा बाहिर गएर गरेको निर्णय सर्वोच्च अदालतले पुनरावलोकन गर्ने विश्वास प्रचण्डको थियो ।

यस्तो छ माओवादी केन्द्रले दर्ता गराएको पुनरावलोकन निवेदन

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : १४ बजे

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

एजेन्सी– दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू-भागमा

गौरीशंकरको टासिनाममा फल्यो स्याउ, पहिलो उत्पादनमै रोग-कीराको जोखिम !

दोलखा– जिल्लाको उत्तरी हिमाली क्षेत्र गौरीशंकर गाउँपालिका–९ टासिनाममा पहिलोपटक स्याउ